परदेशी खबर डटकमको तेस्रो बार्षिकोत्सव अक्टोबर १४ मा मनाउने


आकाश शेर्पा,कुबेत

1सेप्टेम्बर ९, कुवेत । परदेशी खबर डट कमले आफ्नो तेस्रो बार्षिकोत्सव मनाउने भएको छ। आज अमित राईको संयोजकतामा बसेको परदेशी खबर डटकमको नियमित बैठकले आगामी १४ अक्टोबर २०१६ मा परदेशी खबर डटकमको तेस्रो बार्षिकोत्सव मनाउने निर्णय गरेको हो।

करिब तीन बर्ष अगाडि सेप्टेम्बर २७ तारीख २०१३का दिन कुवेतको नगरीमा इष्टामान वाइबा(लामा भाइ)को पहलमा स्थापना भएको परदेशी खबर डटकमले तेस्रो बार्षिकोत्सव मनाउन लागेको हो । उक्त बैठकले हाल प्रधान सम्पादक इस्टामान वाइबा(लामा भाइ)नेपालको बसाइँमा रहनु भएकोले प्रमुख कार्यकारी सम्पादक कोशराज राई ,कार्यकारी सम्पादक नैनाकला राईको साथमा सल्लाहकारद्वय रामबहादुर बस्नेत र अमीत चाम्लिङ राईको पहलमा वार्षिकोत्सबको तयारी गर्ने निर्णय नियमित बैठकद्वारा गरेको छ ।

छोटो समयमा नै देश विदेशमा रहेका नेपालीहरुमा लोकप्रिय बन्न सफल परदेशी खबर डटकम सहि सूचना र समाचार सम्प्रेषणद्वारा सम्पूर्ण नेपालीहरुलाई सु-सूचित गर्न जोड दिँदै आएको छ। परदेशी खबर डटकमको तेस्रो बर्षमा प्रवेश गर्न लागेको र कुवेतबाट संचालन भएको अन्लाईन मिडिया परदेशी खबर डटकमले गएको प्रथम र दोस्रो बार्षिकोत्सव नेपाली दूतावास कुवेतको प्रतिनिधि समेतको सहभागीतामा सम्पन्न गरेको थियो ।

कार्यक्रममा बुद्धिजिबी, समाजसेवी , कलाकार , खेलाडी , पत्रकार एवं कुवेतबासी सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई आ आफ्नो गरिमामय उपस्थिति जनाई भव्यरुपमा सफल पारिदिनु हुन हार्दिक अनुरोध गरेको छ साथै उक्त दिन कुनै पनि संघ सस्थाहरुले कार्यक्रम नजुधाइदिनु हुन आयोजकले आग्रह गरेको छ l कार्यक्रम हुने स्थान र समय चाडै नै जानकारी गराइने छ l

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.