बीपी कोइराला राजनेता मात्र नभई एक राम्रो साहित्यकार पनि।


 कर्ण बहादुर अधिकारी मकाउ,चीन।

14269878_1119647361449565_52077056_nबिक्रम संबत २००७ सालमा उदय भएको प्रजातन्त्र पूर्ण रूपमा फक्रिन नपाउदै तत्कालिन राजा महेन्द्रले २०१७ साल पुष १ गतेका दिन कु गरी नेपालका प्रथम जन निर्बाचित प्रधानमन्त्री बीपी कोईरालाको सरकार बिघटन गरेर बीपीलाई सिंह दरबारमा केहि महिना बन्दी बनाए पछि सुन्दरी जल स्थित आर्सनल ब्यारेक भित्र बन्दी बनाएर राखे।बन्दी जीवन बिताउने क्रममा बिसं २०१७ साल देखि बिसं २०२५ साल सम्मको बीचको अबधिमा एक कुशल साहित्यकार बन्न सफल हुनु भएको थियो।सुन्दरीजल बन्दी गृहको कपुरको रूख मुनीको आठौ बसन्तका चिसो सिरेटोहरूले बीपी कोईरालाको लेखन शैलीलाई साहित्य क्षेत्र तर्फ अग्रसर गराई नेपाली जनता सामु राजनेताको साथसाथै राम्रो साहित्यकारको नामले पनि परिचित हुने माहौल सृजित गरी दिएको थियो। बीपी कोईराला द्वारा लिखित कथा “दोषी चश्मा” प्रथम पटक २००६ सालमा प्रकाशित भएको थियो भने राजनिति क्षेत्रमा सक्रिय भएर अगाडी बढ्ने क्रममा बिक्रम संबत २००७ देखि १७ सम्म कुनै पनि साहित्यिक कृतिहरू सृजित हुन पाएका थिएनन् जब २०१७ सालमा उहाँलाई बन्दी बनाएर सुन्दरी जलमा राखियो त्यस पछिका ८ बर्षे दौडानमा बीपी कोईरालाका ६ वटा कृतिहरू तयार भए।

बीपीले सुन्दरीजल बन्दीगृहमा बसेर लेख्नुभएका उपन्यासमा “तीन घुम्ती”,”नरेन्द्र दाई”,”सुम्निमा”,”मोदीआइन”,”बाबु आमा र छोरा” एवम् ‘हिटलर र यहुदी’ हुन। चार वटा कथाको सङ्ग्रह “श्वेतभैरवी”, चर्चित “जेल जर्नल”, “फेरी सुन्दरीजल” र “आफ्नो कथा”लगाएतका कृतिको रचना पनि बिपीले सुन्दरीजल जेलमै गर्नुभयो। बीपीका ती साहित्य कृतिहरू आज पनि त्यतिकै सान्दर्भिक र चेतना मुलक छन।बीपी कोईरालाको साहित्य कृतिहरू र उहाँका जीवनीमा १६ जना भन्दा बढिले बिद्याबारिधि गरी सकेका छन। बीपी कोईरालालाई राजनेताको मात्र संज्ञा दिएर सम्बोधन गर्दा कता कता केहि अपुग भएको हो कि भन्ने आभाष हुन्छ किनकी बीपी नेपाली साहित्य फाटका धुर्ब तारा हुन।बीपीलाई साहित्य क्षेत्रमा चिनाउनका लागि तत्कालिन राजा महेन्द्रको कु ले एउटा गहन भूमिका निवारण गरी दिएको थियो।

बिक्रम संबत २०२५ सालमा चौतर्फी रूपमा दबाब आए पछि २०२५ साल कातिक २५ गते सुन्दरी बन्दी गृहबाट बीपी लगाएत तत्कालिन संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, प्रेमराज आङदेम्बे र सहायक मन्त्री दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङलाई रिहा गरीएको थियो। बीपी कोईराला स्वास्थ्य उपचार र राजनीतिक कामका लागि २०२५ साल पछि गणेशमान सिंहसंगै भारत निर्वासनमा जानु भएको थियो।विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवै नेतालाई फेरी सुन्दरीजल स्थित बन्दीगृहमा लगियो।त्यस पछि बिपीले लेख्नु भएको दैनिकीलाई ‘फेरी सुन्दरीजल’ को नाममा प्रकाशित गरिएको थियो। नेपाल र नेपालीको लागि दुर्भाग्य भन्नु पर्छ नेपाली जनताका हितका लागि अहोरात्र खटिने राज नेता बीपी कोइराला बिसं २०३९ सालमा ६७ बर्षको उमेरमा स्वर्गीय हुनु भयो।

निरङ्कुश पञ्चायति ब्यबस्थाको अन्त्य गराई बहुदलीय ब्यबस्था लागु गर्ने सोचका साथ अगाडी बढ्दै गरेका उहाँका कदमहरूलाई कांग्रेसका नेता गिरीजा प्रसाद कोइराला,गणेशमान सिंह,कृष्ण प्रसाद भट्टराई,शुशिल कोईराला लगाएत लाखौ लाख नेपाली जनताले निरङ्कुश पंञ्चायति ब्यबस्थाको अन्त्य गरी बिसं २०४६ सालमा बहुदलीय ब्यबस्था लागु गरी बीपीको सपनालाई साकार पारी दिए। बीपी कोईरालाको सम्झनामा सुन्दरी जल स्थित बीपी बन्दी गृहलाई बीपी संग्राहलयको रूपमा खोलिएको छ।त्यहाँ बीपीको राजनिति जीवन झल्किने किसिमका सामग्रीहरूलाई प्राथमिकता दिईएको छ भने बीपीको साहित्य क्षेत्रलाई चाहि ओझेलमा पारीएको हो की भन्ने आभाष हुन जान्छ।उक्त संग्रहालयमा उहाँका साहित्य कृतिहरू झल्कने किसिमका सामग्रीहरू राखिदिन पाए अझै सुनमा सुगन्ध हुने थियो की!हामीहरूले बीपीलाई राजनेताको दृष्टीले मात्र नहेरी साहित्य फाटका ध्रुब तारा पनि हुन भन्ने कुरालाई कहिले भुल्नु हुँदैन।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )