Daily Archives: 08/09/2016

बीपी कोइराला राजनेता मात्र नभई एक राम्रो साहित्यकार पनि।


 कर्ण बहादुर अधिकारी मकाउ,चीन।

14269878_1119647361449565_52077056_nबिक्रम संबत २००७ सालमा उदय भएको प्रजातन्त्र पूर्ण रूपमा फक्रिन नपाउदै तत्कालिन राजा महेन्द्रले २०१७ साल पुष १ गतेका दिन कु गरी नेपालका प्रथम जन निर्बाचित प्रधानमन्त्री बीपी कोईरालाको सरकार बिघटन गरेर बीपीलाई सिंह दरबारमा केहि महिना बन्दी बनाए पछि सुन्दरी जल स्थित आर्सनल ब्यारेक भित्र बन्दी बनाएर राखे।बन्दी जीवन बिताउने क्रममा बिसं २०१७ साल देखि बिसं २०२५ साल सम्मको बीचको अबधिमा एक कुशल साहित्यकार बन्न सफल हुनु भएको थियो।सुन्दरीजल बन्दी गृहको कपुरको रूख मुनीको आठौ बसन्तका चिसो सिरेटोहरूले बीपी कोईरालाको लेखन शैलीलाई साहित्य क्षेत्र तर्फ अग्रसर गराई नेपाली जनता सामु राजनेताको साथसाथै राम्रो साहित्यकारको नामले पनि परिचित हुने माहौल सृजित गरी दिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

पोखरा लेखनाथमा पहिरो, चार बालबालिकाको मृत्यु


सन्देश श्रेष्ठ
pahiro_palpa२३ भदौ, पोखरा । बुधबार रातिदेखि परेको अविरल वर्षपछि आएको पहिरोले लेखनाथ-४ खरानीफाँट पैतेमा चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वालक र २ वालिका रहेका छन् । राति करीब ११ बजे घर माथीबाट आएको पहिरोले गारो भत्काएर घर पुरिदा लक्ष्मी सुनारको १४ वर्षीया छोरा निशान सुनार, ९ वर्षीया छोरी रविना सुनार, ७ वर्षीया छोरी अञ्जिला सुनार र साढे २ वर्षीया नाती सलमान सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौंकाे मातातिर्थस्थित चिहान डाँडामा गोली चल्यो


भाद्र २३, २०७३- बिहीबार बिहान काठमाडौंको मातातिर्थस्थित चिहान डाँडामा प्रहरी र शंकास्पद व्यक्तिहरुबीच गोली हानाहान भएको छ ।महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले घटनाको पुष्टि गरे । उनको अनुसार मातातिर्थको चिहान डाँडा हुँदै मकवानपुर जाने कच्चि सडकमा टाटासुमो गुडेको देखेपछि प्रहरीले शंका लागि पछ्याउँदा टाटासुमोबाट प्रहरी माथि गोली प्रहार भएपछि प्रहरीको तर्फबाट पनि जवाफी फायर भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

भोली शुक्रबार सेप्टेम्बर ९ तारिख विपी कोइरालाको १०२ औं जन्म जयन्ति मनाइदै


कुवेत नेपालडटकम

14247818_1184437814963962_302537311_oकुबेत सेप्टेम्बर ८ – नेपाली कांग्रेसको बैदेशिक भात्री संगठन जनसम्पर्क समिति कुवेतले आगामी सेप्टेम्बर ९ तारिख शुक्रबार दिन विपी कोइरालाको १०२औं जन्म जयन्ति मनाउने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्