‘विदेश जान्नौं, देशमै काम गर्छौं’ , डाक्टर र इन्जिनियरिङ पढ्दै, गाई स्याहार्दै


भन्छन्, ‘विदेश जान्नौं, देशमै काम गर्छौं’

श्यामशीत्तल परियार-14233609_10208525953559177_610886151_o लमजुङ, १९ भाद्र — झुस्स कालो दारी । अग्लो कद । खाईलाग्दो ज्यान । हेर्दै आधुनिक लाग्छन्, अविनाश चापागाईँ । तर उनी मेहनती छन् र मिजासिला पनि । भरतपुर २१, केशरबाघ बस्ने उनी बिहानै उठेपछि आफ्नै गाईफार्ममा पुग्छन् र गाईको स्याहारमा जुट्छन् । दिउँसो युनाइटेड टेक्निकल कलेज भरतपुर भोजाडमा पढ्न पुग्छन् । अहिले उनी इन्जिनियरिङ दोस्रो वर्षमा पढ्दैछन् । पढाइसँगै उनी गाई फार्मलाई पनि समय दिन्छन् । समयले भ्याएसम्म उनी फार्मबाट उत्पादित दूध लिएर बिक्रीका लागि नजिकै रहेको दुग्ध डेरीमा पुग्छन् । ‘पढाइलाई पनि समय दिएको छु । भ्याएसम्म डेरीसम्म दूध पु—याउने काम पनि आफैं गर्छु,’ २० वर्षीय अविनाशले हाँस्दै भने । भरतपुरको केशरबाघमा उनको गाई फार्म छ । गाई फार्मको नाम पनि उनकै नामबाट राखिएको छ, अविनाश गाईफार्म । अविनाश मात्र होइनन्, उनीसँगै सहोदर दाजु आविष्कार चापागाईँ पनि गाईको स्याहारमा समय दिन्छन् । २१ वर्षीय आविष्कार चितवन मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा पढ्दैछन् । गाईको स्याहारमा दुई लक्का जवान छोराकै साथ मिलेको छ, ४२ वर्षीया आमा भगवती चापागाईँलाई । बढ्दो उमेर भएपनि उनी हाँसीखुशी उत्साहका साथ गाईफार्ममा काम गरेको देख्न सकिन्छ । उनीहरूले ममता गुरुङलाई पारिश्रमिक नै दिएर गाईको हेरालुको जिम्मा दिएका छन् ।

शिक्षण पेशासँगै कृषि कर्मलाई अघि बढाउँदै ऋषिराम आविष्कार र अविनाशका पिता हुन्, ऋषिराम चापागाईँ । उनी शिक्षण पेशामा आबद्ध छन् । केशरबाघमै छँदा उनले नजिकैको एक विद्यालयमा पढाए । हाल उनी लमजुङ उमावि गाउँशहरमा पढाउँछन् । परिवार भरतपुर केशरबाघमै छन् । लामो बिदाको समयमा उनी घर फर्किन्छन् । घर पुग्नेबित्तिकै गाईलाई नुहाउन र घाँसपराल गर्न आफू व्यस्त रहने उनले लोकान्तरलाई सुनाए । ‘जागिरको सिलसिलामा घरदेखि टाढा छु । घरमा श्रीमती र दुई छोराले व्यवसाय सम्हालेका छन्,’ शिक्षण पेशामा २३ वर्ष बिताइसकेका उनले भने, ‘बिदाको समयमा घर पुग्दा गाईको स्याहारमै व्यस्त हुन्छु ।’ आफ्नो माइला बुवा तारा चापागाईँको देखासिकी गर्दै २०५२ सालमा एउटा जर्सी गाई किनेका थिए ऋषिराम चापागाईँले । एउटा गाईले पनि राम्रो आम्दानी दिन थालेपछि उनको गाईपालन व्यवासयमा मन तानियो । त्यसपछि केशरबाघमै उनले गाईको संख्या बढाए । अहिले उनका गाई फार्ममा सानाठूला गरी १३ भन्दा बढी उन्नत जातका गाई छन् ।

14194361_10208525955079215_2005232475_nदूधको माग उच्च, बजारको खासै समस्या छैन ‘आफ्नै व्यवसायमा कसैको दबाब हुँदैन । स्वाभिमानी ढंगले काम गर्न पाइन्छ,’ उनले भने, ‘अब बिस्तारै गाईपालन व्यवसायलाई नै अगाडि बढाउने निधो गरेको छु ।’ भरतपुरमा दूधको माग उच्च छ । ‘यहाँ दूधको माग उच्च छ । बजारको खासै समस्या छैन,’ उनले भने, ‘गर्न सके आफ्नै देशको माटोमा गाईपालन व्यवसायबाट मनग्गे कमाउन सकिन्छ ।’ ‘शिक्षण पेशासँगै गाईफार्मको आम्दानीले परिवारको गुजारा चलाएको छु । दुई छोरालाई नै प्राविधिक शिक्षा पढाएको छु,’ हौसिदैं उनले भने, ‘व्यवसायमा छोराहरूको पनि उत्तिक्कै साथ मिलेको छ ।’ उनले बताए अनुसार गाई बिरामी हुँदा उपचारका लागि समयमै पशु चिकित्सक पाउन गाह्रो हुन्छ ।

मासिक एकलाख आम्दानी अविनाश गाई फार्ममा होलेस्टेन र जर्सी जातका गरी १३ वटा गाई छन् । तीमध्ये केही साना बाच्छाबाच्छी छन् । केही ब्याउने । सातवटा गाईले दूध दिन्छन् । ‘फार्मबाट दैनिक ५० लिटरभन्दा बढी दूध उत्पादन हुन्छ,’ अविनाशले भने, ‘डेरीमा ४५ देखि ५० रुपैयाँ सम्ममा पाइन्छ एक लिटर दूध । यसरी हेर्दा दैनिक तीन हजार र मासिक एक लाख आम्दानी हुन्छ ।’ गाईका लागि उनीहरूले नजिकै एक बिघा जमिन भाडामा लिएर उन्नत जातका घाँस रोपेका छन् । ‘गाईलाई पराल दाना, चोकर खुवाउँदा लागत बढी पर्छ । दूध उत्पादन पनि कम हुन्छ,’ एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अर्थ उपमहासचिव समेत रहेका ऋषिरामले भने, ‘जग्गा भाडामा लिएर घाँस लगाएको छु । घाँस खुवाएर गाई पाल्दा लागत पनि कम पर्छ । दूध उत्पादन पनि राम्रो हुन्छ ।’ उनले नेपियर, सुडान, मकैचरी जातका घाँस लगाएका छन् ।

विदेश जान्नँ, देशमै काम गर्छु ‘बुवाआमाले दुःख गरी हुर्काउनुभयो, पढाउनुभयो, बढाउनुभयो । कृषि कर्मबाटै हामीलाई महंगो प्राविधिक शिक्षा दिनुभएको छ,’ इन्जिनियरिङ दोस्रो वर्षमा पढ्दै गरेका अविनाशले भने, ‘पढाइ सकिएपछि आफ्नो पेशासँगै कृषि कर्मलाई पनि निरन्तरता दिन्छु । म विदेश जान्नँ, देशमै काम गर्छु ।’ गर्न सक्नेलाई देशमै थुप्रै अवसर रहको उनले बताए । ‘गर्न सके देशमै सबथोक छ नि,’ उनले भने, ‘म साथीहरूलाई पनि आग्रह गर्छु, सकेसम्म विदेश नजाऊँ भनेर । ‘आफ्नै देशमै दुःख गरौं, पैसा यहीँ छ,’ उनले भने ।

राज्यको गफैमात्र, ठोस काम गरेन ‘राज्यले कृषिमा अनुदानको दायरालाई बढाई सुलभ रूपमा वितरण गर्न सके युवाहरू कृषिमा लाभान्वित हुनसक्ने देखिन्छ,’ उनले भने । कृषिको विकास र कृषकको हितमा राज्यले गफ धेरै गर्छ । तर प्रभावकारी काम अझै हुनसकेको छैन । युवाहरूलाई देशमै कृषि पेशामा लागि आत्मनिर्भर बन्नसक्ने स्थिति राज्यले सिर्जना गर्न सक्नुपर्छ,’ उनले थपे । परिवारको साथमा अब गाईपालन व्यवसायलाई नै अगाडि बढाउने सोचमा आफू रहेको उनले सुनाए । तस्वीर : ऋषिरामको फेसबुकबाट आइतवार १९ भदौ २०७३ मा प्रकाशित –

स्रोतः http://lokaantar.com/samasamayik/27297

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )