पर्वतमा बिनादर्ताका मेडिकल धेरै


अगन्धर तिवारी, पर्वत
भाद्र १९, २०७३- अनुगमनमा कडाइ नहुँदा जिल्लाका ग्रामीण क्षेत्रमा बिनादर्ता मेडिकल सञ्चालन भएको पाइएको छ। सामान्य मापदण्डसमेत नपुर्‍याई खुलेका पसल सञ्चालकले दिएको औषधि सेवन गर्न बिरामी बाध्य छन्। ‘गाउँमा स्वास्थ्य संस्था छैन। अपर्झट बिरामी हुँदा तिनै पसलको विकल्पै हुँदैन,’ बर्राचौरका इन्द्रप्रसाद शर्माले भने, ‘अरू व्यापार ग्राहकको रोजाइमा हुन्छ, औषधि बिक्रेताले जुन भन्यो त्यही किन्नुपर्‍यो।’ कहिलेकाहीं गलत औषधिका कारण ज्यानै जान सक्ने खतरा पनि हुने उपभोक्ता बताउँछन्।

औषधि पसल सञ्चालनका लागि ‘बीए फर्मासिस’ अध्ययन वा औषधि बिक्रेताको ओरियन्टेसन कक्षा लिएर उत्तीर्ण भएको हुनुपर्ने औषधि व्यवस्था विभागका निरीक्षक राम शर्मा पौडेल बताउँछन्। ‘ओरियन्टेसन कक्षा ५८ सालदेखि स्थगित भएको छ,’ उनले भने, ‘अहिलेको हकमा फर्मासिस पासको प्रमाणत्रप ल्याएर विभागबाट पसल दर्ताको प्रमाणपत्र लिनुपर्छ।’ त्यस्तो पसल सञ्चालकले आफैं बिरामी जाँच्ने नभई स्वास्थ्यकर्मीले दिएको निर्देशिका बमोजिमका औषधि बिक्री मात्रै गर्न पाउने उनले बताए।

बिनादर्ताका पसलेहरूले विशेषज्ञ सेवासहित एक्सरे, रंगीन भिडियो एक्सरेको समेत विज्ञापन गर्दा पनि स्थानीय प्रशासन मौन छ।

जिल्ला अनुगमन समितिले बेलाबेलामा यस्ता पसलको अनुगमन गरेको प्रचार गरे पनि कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन। ‘अनुगमन गरेर कारबाही गरे बन्द भइहाल्छन्,’ समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले भने, ‘त्यसपछि गाउँका जनताले सिटामोल समेत पाउँदैनन्।’

व्यावहारिक कठिनाइकै कारण बेलाबेलामा सजग गराउने बाहेक अरू कारबाही गर्न नसकिएको उनले बताए।

जिल्ला अनुगमन समितिको सिफारिसमा औषधि व्यवस्था विभागले बन्द गराउन सक्ने भए पनि सदरमुकामदेखि गाउँसम्म छ्याप्छ्याप्ती खुलेका यस्ता पसलहरू बन्द भएको अहिलेसम्म जानकारीमा आउन सकेको छैन।

गाउँमा यस्ता पसल सञ्चालन गरेकाहरूले प्रक्रिया पुर्‍याउन झन्झट भएका कारण तत्काल दर्ता गर्न असम्भव भएको बताएका छन्। ‘हतारमा प्रक्रिया पुर्‍याएर दर्ता गर्न समस्या भयो,’ थापाठानामा मेडिकल सञ्चालन गरेका रुद्र चालिसेले भने, ‘अब कागजपत्र जुटाएर दर्ता गर्छु।’ जिल्लास्थित मेडिकल समितिमा भने दर्ता गरेको उनले बताए ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )