नेपालमा ‘क्रिकेट विकास बोर्ड’ गठन गर्न आइसीसी सहमत, ‘सल्लाहकार’ समिति आजै बन्ने


Pm-Prachanda-with-Icc-ceo-David-Richardson१९ भदौ, काठमाडौं । सरकार र अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) नेपाली क्रिकेटको समस्या समाधानका लागि क्रिकेट विकास बोर्ड’को अवधारणामा जान सहमत भएका छन् । यसको तयारीका लागि आजै सल्लाहकार वा नर्मलाइज समिति गठन गरिनेछ ।नेपाल भ्रमणमा रहेको आईसीसीका कार्यकारी अधिकृत (सीइओ) डेभिड रिचार्डसन नेतृत्वको तीन सदस्यीय टोलीले आइबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको थियो ।

बालुवाटारमा भएको भेटमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशव विष्ट पनि सहभागी थिए ।

छलफलमा नेपाली पक्षले अब क्रिकेट एशोसिएसनको सट्टा क्रिकेट विकास बोर्डको अवधारणामा जाने प्रस्ताव राखेको छ । ‘मैले नै बोर्डको अवधारणामा जाने प्रस्ताव राखेको थिएँ, यसमा आइसीसीको सीइओ सकारात्मक हुनुहून्छ’, खेलकुदमन्त्री श्रीपाइलीले अनलानखबरसँग भने ।

भेटमा सहभागी राखेप सदस्य सचिव विष्टका अनुसार क्रिकेट विकास बोर्ड गठन गर्न आइसीसी सहमत भएको छ । बोर्ड गठन गर्दा बढी सावभौम हुने र राजनीतिक हस्तक्षेप कम हुन्छ भन्ने आइसीसीको पनि बुझाइ छ । तर, सरकारले भनेको जस्तो बोर्ड गठनका लागि आवश्यक विधेयक बनाएर संसदबाट पास गर्न जरुरी छ ।

तत्काल ‘सल्लाहकार’ समिति गठन गर्ने

बालुवाटार बैठकमा तत्काल एउटा समिति गठन गर्ने सहमति भएको छ । यसको नाम नर्मलाइज कमिटी वा सल्लाहकार समिति के दिने भन्ने टुंगो लागेको छैन । ‘यस्तो समिति ५ देखि ७ सदस्यीय हुन्छ र आजै घोषणा हुन्छ, राखेप सदस्य सचिव विष्टले भने । उनका अनुसार सबै पक्षबाट नाम लिएर आजै यसको घोषणा हुनेछ । अपराहृन ४ बजे पत्रकार सम्मेलन समेत राखिएको छ ।

यो समितिले नेपाल क्रिकेट संघ क्यानको विधान’bout छलफल गरेर बार्ड गठनका लागि आवश्यक गृहकार्य गर्नेछ । मन्त्री श्रीपाइलीले भने, समितिले विधान बनाएपछि तीन महिनाचित्र चुनाव गर्ने लक्ष्य छ ।’

बार्ड गठन स्वीकार्य छः प्याकुरेल

निर्वाचन क्यानले अहिलको विधानमा बोर्ड गठन गर्ने कुनै प्रावधान नरहे पनि नियमसम्वत ढंगले गठन भए स्वीकार गर्ने बताएको छ । महासचिव अशोकनाथ प्याकुरेलले भने बोर्डको विषय आइसीसीले पनि मान्नुपर्छ । ऐन बनाएर अघि बढ्छ भने हामीलाई आपत्ति छैन ।’(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )