Daily Archives: 04/09/2016

पाँचथर चुम्लुङ हिम लाई रु, ३५,१२१ आर्थिक सहयोग।


कुवेत नेपालडटकम

14194284_1078315388890576_851339200_nकिरात याक्थुङ चुम्लुङ कुवेतले चुम्लुङको २८ औं दिवसको अवसर परेर थेसेक्पा १७ २०१६ (16 भदौ 2016 ) का दिन पाँचथर चुम्लुङ भवन मर्मत गर्न कुवेत बाट थोरै भए पनि आफ्नो घर आफै बनौ भन्ने सोच र भाईचार नाताले आर्थिक सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘विदेश जान्नौं, देशमै काम गर्छौं’ , डाक्टर र इन्जिनियरिङ पढ्दै, गाई स्याहार्दै


भन्छन्, ‘विदेश जान्नौं, देशमै काम गर्छौं’

श्यामशीत्तल परियार-14233609_10208525953559177_610886151_o लमजुङ, १९ भाद्र — झुस्स कालो दारी । अग्लो कद । खाईलाग्दो ज्यान । हेर्दै आधुनिक लाग्छन्, अविनाश चापागाईँ । तर उनी मेहनती छन् र मिजासिला पनि । भरतपुर २१, केशरबाघ बस्ने उनी बिहानै उठेपछि आफ्नै गाईफार्ममा पुग्छन् र गाईको स्याहारमा जुट्छन् । दिउँसो युनाइटेड टेक्निकल कलेज भरतपुर भोजाडमा पढ्न पुग्छन् । अहिले उनी इन्जिनियरिङ दोस्रो वर्षमा पढ्दैछन् । पढाइसँगै उनी गाई फार्मलाई पनि समय दिन्छन् । समयले भ्याएसम्म उनी फार्मबाट उत्पादित दूध लिएर बिक्रीका लागि नजिकै रहेको दुग्ध डेरीमा पुग्छन् । ‘पढाइलाई पनि समय दिएको छु । भ्याएसम्म डेरीसम्म दूध पु—याउने काम पनि आफैं गर्छु,’ २० वर्षीय अविनाशले हाँस्दै भने । भरतपुरको केशरबाघमा उनको गाई फार्म छ । गाई फार्मको नाम पनि उनकै नामबाट राखिएको छ, अविनाश गाईफार्म । अविनाश मात्र होइनन्, उनीसँगै सहोदर दाजु पढ्नेक्रम जारी राख्नुहोस्

चिहानबाट फर्किइन् चेली


अर्जुन ओली
1 Baby in NICUनेपालगन्ज- केही युवा खाल्डो खन्दै थिए, केही घन्टाअघि मात्र जन्मिएकी नवजात चेलीलाई पुर्न। आमा अर्धचेत अवस्थामा आलो सुत्केरी र सन्तान गुमाउँदाको पीडाग्निमा जल्दै थिइन्। बाबु पुर्पुरोमा हात राखेर नियतिलाई धिक्कार्दै थिए। पढ्नेक्रम जारी राख्नुहोस्

युवतीले नेपाल घुम्न बोलाएर अपहरण गरेपछि…


केशवशरण लामिछाने
KIDNAPPED-57cb7da4982081.25862645पोखरा: भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्सिद अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो । कसैले घर कहाँ भनेर सोध्दा उनी भन्न सक्थे, ‘जुगौलीको सबैभन्दा अग्लो र राम्रो घर जुन हो, त्यही मेरो हो ।’ सबैको आँखामा बसेको घरकै कारण आफ्नै छिमेकीको आँखी भएको छु भन्ने उनलाई कहिल्यै हेक्का भएन ।त्यो घर जहाँ उनी मस्तको निद्रा निदाउँथे र आरामको जिन्दगी बाँचिरहेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा ‘क्रिकेट विकास बोर्ड’ गठन गर्न आइसीसी सहमत, ‘सल्लाहकार’ समिति आजै बन्ने


Pm-Prachanda-with-Icc-ceo-David-Richardson१९ भदौ, काठमाडौं । सरकार र अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) नेपाली क्रिकेटको समस्या समाधानका लागि क्रिकेट विकास बोर्ड’को अवधारणामा जान सहमत भएका छन् । यसको तयारीका लागि आजै सल्लाहकार वा नर्मलाइज समिति गठन गरिनेछ ।नेपाल भ्रमणमा रहेको आईसीसीका कार्यकारी अधिकृत (सीइओ) डेभिड रिचार्डसन नेतृत्वको तीन सदस्यीय टोलीले आइबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

पर्वतमा बिनादर्ताका मेडिकल धेरै


अगन्धर तिवारी, पर्वत
भाद्र १९, २०७३- अनुगमनमा कडाइ नहुँदा जिल्लाका ग्रामीण क्षेत्रमा बिनादर्ता मेडिकल सञ्चालन भएको पाइएको छ। सामान्य मापदण्डसमेत नपुर्‍याई खुलेका पसल सञ्चालकले दिएको औषधि सेवन गर्न बिरामी बाध्य छन्। ‘गाउँमा स्वास्थ्य संस्था छैन। अपर्झट बिरामी हुँदा तिनै पसलको विकल्पै हुँदैन,’ बर्राचौरका इन्द्रप्रसाद शर्माले भने, ‘अरू व्यापार ग्राहकको रोजाइमा हुन्छ, औषधि बिक्रेताले जुन भन्यो त्यही किन्नुपर्‍यो।’ कहिलेकाहीं गलत औषधिका कारण ज्यानै जान सक्ने खतरा पनि हुने उपभोक्ता बताउँछन्। पढ्नेक्रम जारी राख्नुहोस्

नेवा गुठी कुवेतले ‘नेवा नयाँ बर्ष-न्हू दया भिन्तुना-११३७अक्टोबर २८-शुक्रबार मनाइदै


कुबेत नेपालडटकम

14193838_916295905143302_909496434_n-358x300कुवेत, सेप्टेम्बर ४ कुवेतको नेपाली समाजमा २०११ मा गठित नेवारी समुदायको संस्था नेवा: गुठी कुवेतले आफ्नो नयाँ बर्ष नेपा सम्वत ११३७ आगामी अक्टोबर २८ तारिख शुक्रबार मनाउने भएको छ।आफ्नै संस्कृति, रितिरिवाज र परम्परालाइ नेपालको सम्पदाको रुपमा विश्व सामू दर्साउने उदेस्यले स्थापित भएको बताउदै सो दिन नेवार संस्कृति, रितिरिवाज र परम्पराका बिबिध नेवारी सांस्कृतिक प्रस्तुतिहरु, झाँकीहरु प्रदर्शन गरिने भएको छ पढ्नेक्रम जारी राख्नुहोस्