कुवेतमा तिज बिशेष कार्यक्रम सम्पन्न,धित मरुन्जेल नाचियो (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुबेत

IMG_0140२ सेप्टेम्बर २०१६ कुबेत,  नेपाली नारिहरुको महान चाड हरीतालिका तिजको अबसरमा कुवेतमा नेपालकुवेत सास्कृतिक मञ्चले गरेको तिज बिशेष कार्यक्रम आज भब्य रुपले सम्पन्न भएको छ । स्थापना काल देखीनै तिज बिशेष कार्यक्रम आयोजना गर्दै आएको नेपाल कुवेत सास्कृतिक मञ्चले यो बर्षपनी कुबेतका नेपालि नारीहरु लाई सामुहिक रुपमा दर खुवाए ।

खेतानको राजधानी होटल मा आयोजना गरिएको सास्कृतिक कार्यक्रममा दर्शकहरुको खचाखच उपस्थिती रहेको थियो । प्रबासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रबासमा भए पनि आफ्नो संस्कृति लाई जगेर्ना गर्ने लाई आयोजना गरिएको तिज बिशेष कार्यक्रमा लाई मरुभुमिको देशभए पनि नेपाल को झल्को मेटिने गरी नेपाली चेलीहरु राता सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनी हरु एकदममै खुशी हुँदै कम्मर मर्काई मर्काई,तिजका विभिन्न भाकाहरुमा अन्तिम सम्म निर्त्य गरेका थिए । भने स्थानीय चर्चित गायक गायिकाको धमाकेदार प्रस्तुति ले उपस्थितहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।IMG_0037

आयोजक नेपाल कुवेत सास्कृतिक मञ्चका अध्यक्ष एबम लोक गाएक माधव शर्मा को सभापतित्वमा भएको कार्यक्रममा मञ्चका सदस्या लोक गयाक सागर खड्का (संगम) सञ्चालन गरेको कार्यक्रममा नेपाली दुताबाश कुवेतबाट राजदुत यज्ञ बहादुर हमालकी धर्म पत्नी रिता हमाल प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी बिशेष अतिथिहरुमा रुपमा एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, आईसिसी कोर्डिनेटर सुजन केसि, पत्रकार महासंघ कुबेत साखाका अध्य्क्ष हरि कृष्ण न्यौपाने, मालाबार गोल्ड एण्ड डाइमेन्ड पर्तिनिधी,“TVS TRAVELS CARGO ” कुवेत बाट डम्बर जङ मल्ल अतिथिका रहेका थिए । भने कुवेतमा कृयाशिल बिभिन्न संघँ सस्थाका अध्यक्ष तथा प्रतिनिधि ,कलाकार ,पत्रकार ,खेलाडी अतिथीको रुपमा पाल्नु भएको थियो । खचाखच भरिएको हलमा नेपाली चेलीहरु राता सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएर सजिएर आएका थिए ।IMG_0063

उपस्थित चेलीहरुको बाहुल्य उपास्थित रहेको कार्यक्रममा सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप मा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान गित बजाई कार्यक्रमलाई सुरु गरे को थियो। मञ्चका पूर्व अध्यक्ष टिका राम आचार्य, ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । भने प्रमुख अतिथी, बिशेष आथिती, आथीती,हरु ले सफलताको कामना गर्दै मन्तब्य दिएका थिए ।दिउँसो १ बजे शुरु भएको कार्यक्रम साँझ ५ बजे सम्म चलेको थियो । कार्यक्रममा ठुलो संख्यामा आउने जाने भैरहेको थियो।IMG_0300

तिज बिशेष कार्यक्रम विभिन्न तोवरले आर्थिक नैतिक र भौतिकरुपमा सहयोग गर्ने ब्याकतित्वोहरुलाई लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुको संयुक्त हात बाट सम्मान पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रम लाई भब्य र सब्या बनाउन को लागि मालाबार गोल्ड एण्ड डाइमेन्ड र कुवेत बासी नेपालीहरुका लागि सुबिधा अथवा सुबल भर्पुर सुबिदा दिदै आएको “TVS TRAVELS CARGO ” कुवेत को मुख्य प्रयोजन रहेको थियो भने कुवेतमा रहेका बिभिन्न नेपाली संघ संस्था साथै व्यक्ति बिशेषले कार्यक्रम सफल पर्न आर्थिक सहयोग गरेको थियो।

IMG_0304अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष माधव शर्माले कार्यक्रम कार्यक्रमलाइ अत्याधिक सफल बनाउन सहयोग गर्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यबाद दिएIMG_0128IMG_000264321IMG_0296IMG_0148IMG_0402

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )