कुबेत नेपालडटकम
Monthly Archives: सेप्टेम्बर 2016
पाकिस्तानलाई एक्लाउने भारतीय योजना विफल, सार्क सम्मेलन तोकिएकै मितिमा गर्न नेपालको आग्रह
१३ असोज, काठमाडौं । भारतका कारण १९ औं सार्क शिखर सम्मेलन अनिश्चित बन्दै गएका बेला नेपालले भने तोकिएकै मितिमा बैठक सम्पन्न गर्नुपर्ने अडान सार्वजनिक गरेको छ पाकिस्तानलाई एक्ल्याउने भारतीय नीतिलाई बंगलादेश, अफगानिस्तान र भुटानले पच्छ्याए पनि सार्कको अध्यक्षता गरिरहेकेा नेपालले भने भारतीय भूमिकाप्रति असहमति प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबै सदस्य राष्ट्र सार्क चार्टरको भावनाअनुरुप बढ्नुपर्नेमा जोड दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कतार ट्रान्जिट हुने यात्रुलाई चार दिने फ्री भिसा
१३ असोज, काठमाडौं । के तपाइँ कतार हुँदै बिश्वका अन्य मुलुक जाँदै हुनुहुन्छ वा नेपाल आउँदै हुनुहुन्छ ? त्यसो हो भने तपाइँलाई कतारको लामो ट्रान्जिट उपयोग गर्न र केही घण्टाको समय निकालेर कतारको वैभव हेर्न अब भिसा लिइरहनु नपर्ने भएको छ । कतार सरकारले दोहा हुँदै यात्रा गर्ने पाँच घण्टाभन्दा बढी समय ट्रन्जिट परेका यात्रुहरुलाई चार दिनको फ्री भिसा दिने भएको छ ।हमाद अन्तराष्ट्रिय विमानस्थलमा ट्रान्जिट परेका यात्रुले आफ्नो आगामि यात्रको प्रमाण पेश गरेपछि अध्यागमले एयरपोर्टमै भिसा प्रदान गर्ने जनाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
गैर आबासीय नेपाली संघ मकाउको “सातौ बार्षिक साधरण सभा” कार्यक्रम भब्यताका साथ सम्पन्न।
कर्ण बहादुर अधिकारी मकाउ,चीन।
“नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली” भन्ने माहान बाणीलाई आत्मसात गर्दै अगाडी बढेको संस्था गैर आबासीय नेपाली संघ मकाउले आयोजना गरेको “सातौ बार्षिक साधरण सभा” कार्यक्रम भब्यताका साथ मकाउ ताईपा स्थित भेनिशियन होटलको क्याफेडेको रेष्टुरेन्ट हलमा सन २०१६/९/२८ तारीक बुधबारका दिन मकाउमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू र मकाउमा कार्यरत रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in NRNA गतिविधि
इलाका नै गाउँपालिका
स्थानीय तह पुन:संरचना आयोगलाई सरकारको निर्देशन
बालकृष्ण बस्नेत, काठमाडौं
संविधानको धारा २९५ को उपधारा ३– धारा ५६ को उपधारा (४) र (५) बमोजिम निर्माण हुने गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्न नेपाल सरकारले आयोग गठन गर्ने र त्यस्तो आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्डबमोजिम गर्नुपर्ने । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
४ दिने उद्घोषण तथा नेतृत्वबिकास तालिम सम्पन्न
चापाकोट स्याङ्जा
स्याङ्जाको चापाकोट ४ दामाचौर मा रहेको श्री जनहित उच्च मा बि मा नेपाल विद्यार्थी संघ इकाई कार्यसमिति जनहित उच्च मा बि द्वारा आयोजित युवा सशक्तीकरण नेतृत्वबिकास तालिमको भब्य समारोहका बिच समापन गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेपाली काङ्ग्रेस महासमिति सदस्य माया रानाले तालीमले ब्यक्तिलाई ब्यबहारिक बनाउने भन्दै नेतृत्व बिकासमा यस्ता कार्यले अझ महत्त्व राख्न्ने बताउनुभयो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध