वैशाखयता सडक दुर्घटनामा ८१६ ले ज्यान गुमाए


राज्य व्यवस्था समिति बैठक- ‘चालकको लापरबाहीले दुर्घटना’
साउनयता प्राकृतिक प्रकोपमा परी १३१ को मृत्यु
भाद्र १५, २०७३- चालकको लापरबाहीका कारण बढी दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ । संसदको राज्य व्यवस्था समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले मुलुकमा भइरहेको दुर्घटनामा बढी जिम्मेवार चालक रहेको बताएका हुन् ।यो वर्षको वैशाखदेखि भदौ १२ सम्मको अवधिमा ४ हजार ३ सय ६५ दुर्घटना भएका छन् । जसबाट ६८ बालक र २८ बालिकासहित ८ सय १६ जनाले ज्यान गुमाएका छन् । ५ सय ६९ पुरूष र १ सय ५१ महिलाले ज्यान गुमाएका हुन् । यस्तै, सख्त घाइते १ हजार ७ सय ७६ र साधारण घाइते ३ हजार ४ सय ३३ रहेको गृह मन्त्रालयको तथ्यांकमा छ ।

निधिले सवारी दुर्घटनाको विश्लेषणात्मक विवरणको जानकारी दिँदै चालकको लापरबाहीमा बढी दुर्घटना भएको तथ्यांक पेस गरे । उनले चालकको लापरबाहीमा ३ हजार २ सय ४६ दुर्घटना भएको जानकारी दिए ।

यस्तै, यात्रुको गल्तीमा १ सय ९७, ओभरटेकबाट ८५, तीव्र गतिका कारण ५ सय ७८, मादक पदार्थ सेवनबाट ९४, यान्त्रिक गडबडीबाट १ सय १, ओभरलोडबाट २४, चौपयाबाट १५, सडकको अवस्थाबाट १५ र मौसमको अवस्थाबाट ७ दुर्घटना भएको जानकारी गराए ।

मन्त्री निधिले दुर्घटना भएका ७ हजार २ सय ९३ सवारीसाधनमध्ये साना गाडी कार, जिप, भ्यान धेरै रहेको बताए । साना गाडी २ हजार १ सय ११ दुर्घटनामा परेका छन् । ९ सय २४ यात्रुवाहक बस दुर्घटना भएका छन् । यस्तै, ट्रक टयांकर ९ सय ७४, ट्रयाक्टर १ सय ८२, टेम्पो १ सय ८२ दुर्घटना परेका हुन् ।

प्राकृतिक प्रकोपमा १३१ को मृत्यु
मन्त्री निधिले साउनयता मुलुकका विभिन्न भागमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपमा १ सय ३१ जनाले ज्यान गुमाएको समितिसमक्ष तथ्यांक प्रस्तुत गरेका छन् । उनका अनुसार अझै २४ जना बेपत्ता छन् । ६६ घाइते छन् । यस्तै, ९ सय ५२ घर पूर्ण
क्षति भएका छन् भने ६ सय ६ आंशिक धनजनको क्षति भएको तथ्यांक छ ।

मन्त्री निधिले प्राकृतिक प्रकोपपीडितलाई ‘प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०६४ बमोजिम मृतकका परिवारलाई १ लाख र घर पूर्ण क्षति भएका परिवारलाई १० हजार रुपैयाँ वितरण गरिएको बताए । उनले विपतमा घाइते भई उपचार गराउँदा लागेको खर्च भुक्तानी दिने र अस्पतालबाट घर जाँदा सहयोग स्वरूप १० हजार र यातायात खर्च दिने गरिएको जानकारी गराए ।

बैठकमा समितिका सांसदहरूले दुर्घटना रोक्न सरकारले पहल गर्नुपर्ने र प्राकृतिक प्रकोपबाट पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने आवाज उठाएका थिए ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )