Daily Archives: 31/08/2016

रुद्राक्षको बोटमा पैसाको वर्षा


छेटु शेर्पा

Rudrakshya-57c66a718b9f52.95155799संखुवासभाः बोटमा फलेको रुद्राक्ष ५५ लाखमा बिक्यो भन्दा आर्चश्य लाग्छ । धेरैले वाइयात कुरा भनेर पत्याउँदैनन् । तर कुलुङ–२ भोजपुरका आशमान राईले दुई महिनाअघि बगानमा भएको रुद्राक्षको बोटको दुई वर्षको उत्पादन ५५ लाख रुपैयाँमा बेचेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

किरात याक्थुङ चुम्लुङ कुवेत द्वारा सुन्तले प्रा. बि.लाई आर्थिक सहयोग


सुरेश गुरुङ, कुबेत

14218153_1078694948886643_958026952_nकुवेतको नेपाली समाजमा आफ्नो जातिय पहिचान ,धर्म र लिम्बु सास्कृति साथै रितिरिवाजलाई जीवन्त राख्न बिगत केही बर्ष देखी सकृय रहेको संस्था किरात याक्थुङ चुम्लुङल कुबेत ले सुन्तले प्रावि सुन्तलेलाई बिद्यालयको अक्षयकोष स्थापनाको लागि नेपाली रु. ७४५५ (सात हजार चार सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कवि श्रवण मुकारुङ र गायक खेमराज गुरुङका किस्सै किस्सा


प्रभाकर गौतम
images-cms-image-000002986श्रवण मुकारुङ र खेमराज गुरुङ सामिप्यमा थिए। गायक गुरुङलाई कवि मुकारुङले यसरी सम्झे–
खेमलाई पहिलो पटक २०५३ सालमा काठमाडौँमै भेटेको हुँ। पुतलीसडकस्थित गायक शम्भु राईको श्रद्धा रेकर्डिङ स्टुडियोमा ऊ एल्बम निकाल्ने सिलसिलामा आएको रहेछ। कवि र गीतकारका रुपमा मेरो सानोतिनो परिचय स्थापित भइसकेको थियो। उसले एल्बम निकाल्न आएको भनेपछि गीत पनि सुनुम् न त भनेँ। लोक शैलीको आधुनिक गीत गर्न लागेको रहेछ। आवाज पनि बोल्ड खालको, उसलाई सुनेपछि प्रतिभावान युवा भेटेझैँ भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

वैशाखयता सडक दुर्घटनामा ८१६ ले ज्यान गुमाए


राज्य व्यवस्था समिति बैठक- ‘चालकको लापरबाहीले दुर्घटना’
साउनयता प्राकृतिक प्रकोपमा परी १३१ को मृत्यु
भाद्र १५, २०७३- चालकको लापरबाहीका कारण बढी दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ । संसदको राज्य व्यवस्था समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले मुलुकमा भइरहेको दुर्घटनामा बढी जिम्मेवार चालक रहेको बताएका हुन् ।यो वर्षको वैशाखदेखि भदौ १२ सम्मको अवधिमा ४ हजार ३ सय ६५ दुर्घटना भएका छन् । जसबाट ६८ बालक र २८ बालिकासहित ८ सय १६ जनाले ज्यान गुमाएका छन् । ५ सय ६९ पुरूष र १ सय ५१ महिलाले ज्यान गुमाएका हुन् । यस्तै, सख्त घाइते १ हजार ७ सय ७६ र साधारण घाइते ३ हजार ४ सय ३३ रहेको गृह मन्त्रालयको तथ्यांकमा छ । पढ्नेक्रम जारी राख्नुहोस्