यस कारण कांग्रेस सभापति देउवाले गल्ति गरे।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
DeubaLondon_20141005101251नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा यति खेर शरिर चेक जाँचका लागि परिवार सहित सिंगापूरमा हुनु हुन्छ।नेताजीहरूलाई बिदेश भ्रमण गर्नु कुनै ठूलो अनि नौलो कुरा होईन तर नौलो त यहाँ निर देखियो सात दशक लामो इतिहास बोकेको प्रजातान्त्रिक एवं लोकतान्त्रिक कांग्रेस पार्टीको काम कार्बाहीमा अनौठो नियम लागु गरेर सभापति देउवा बिदेश जाँदा कार्यबाहक सभापतिको जिम्मेवारी कसैलाई पनि नदिई कन सुटुक्क श्रीमान श्रीमति सिंगापूर तिर हानिए।यस बिषयमा राजनिति क्षेत्रमा लामो समय ब्यतित गरी सकेका सभापति देउवा र उहाँकी धर्म पत्नी आरजु देउवालाई ज्ञान हुनु पर्ने होईन र?

कुनै पनि कारणले पार्टी वा संघ संस्थाका अध्यक्ष अन्यत्र जानु परेमा कार्य बाहकको जिम्मेवारी कार्य समितिका पदाधिकारीहरूलाई नै जिम्मा लगाई जान्छन भने कसैले पनि पार्टी या संगठनको काम कार्वाहीलाई सुन्यतामा राख्दैन यस्ता नियम र निति प्राय सबै ठाउँमा एकै किसिमले लागु हुन्छ तर कांग्रेस सभापतिले अर्जुन दृष्टिले हेर्दै सिधै आफ्ना अगाडी उपसभापतिहरू नदेखिए पछि जिम्मेवारी नै नदिई सिंगापूर लाग्नु भयो।पार्टीको १३औं महाधिवेशन सकिएको पनि ६ महिना नाघि सक्यो तर अझै सम्म पनि कार्य समिति बिस्तार गर्न सकेका छैनन।कार्य समिति बिस्तार त महाधिवेशन भएको २ महिना भित्र हुनु पर्थ्यो।

निति र नियमले कार्यबाहक सभापतिको जिम्मेवारी बरिष्ठ नेता रामचन्द्र पौडेल वा पार्टीका महामन्त्री शशांक कोइरालालाई दिनु पर्ने थियो तर किन दिईएन?पार्टीको भातृ संगठन तरूण दलको महाधिवेशनको पूर्व सन्ध्यामा यस्ता कार्यले पक्कै पनि असर पुराउने छ।यी बिबिध कुराहरूको ज्ञान हुँदा हुँदै पनि सभापतिले आफू भन्दा जुनिएर केन्द्रिय सदस्यहरूको भावनालाई लत्याउँदै कसैलाई जिम्मेवारी नदिई सिंगापूर उड्नु खराव नियत हो भन्ने बुझ्न सकिन्छ।यस्ता कार्यले के कांग्रेस लोकतान्त्रिक एवं प्रजातान्त्रिक पार्टी भयो र ?यो त पार्टी भित्र तानाशाहि प्रवृति भएन र?सभापति देउवाले यस्ता कुराहरूलाई मनन गर्न जरूरी छ।पार्टी सभापति भएर अरूलाई पाठ सिकाउनु पर्ने बेलामा आफूले नै नियम कानुन उलंघन गरे पछि त पार्टी कसरी अगाडी बढ्ला खै?

यस्ता साना तिना कुराहरूले पनि पार्टी भित्र बिचलन आउन सक्दछ।यस समयमा पार्टीले देश र जनताका निमित्त युगान्तकारी भूमिका निर्बाह गर्नु पर्ने बेलामा पार्टीको काम कार्बाहीलाई नै सुन्यतामा राख्ने काम किन गरीयो?के सभापति ज्यूलाई अरू प्रति पट्टक्कै बिश्वास नभएकै हो त?कांग्रेस रहे नेता रहने हो नेता रहे कार्यकर्ता रहने हो त्यसले कांग्रेसका सभापति देखि लिएर कांग्रेसका भातृसंगठनका नेतृत्व गरी रहेकाहरूले यी कुराहरूलाई मनन गर्दै अगाडी बढ्नु पर्दछ।
जय नेपाल।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )