पुर्वमन्त्री तथा नेता गोरे बहादुर खपांगीको निधन


हार्दिक श्रद्धाञ्जली

14067651_1722150348036754_2372091021607160187_nपुर्वमन्त्री तथा वामपन्थी नेता गोरे बहादुर खपांगीको निधन भएको छ । राजधानीको पुरानो बस पार्क अगाडी २०७० वैशाख १२ गते मोटरसाईकलले ठक्कर दिएपछि उनी घाईते भएका थिए । त्यतिबेला देखि नै अचेत अवस्थामा रहँदै आएका थिए ।
न्युरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका खपांगीको शनिबार १० बजे राती निधन भएको पारिवारिक स्रोतले दियोपोस्टलाई जानकारी गराएको छ । कुनै समय निकै चर्चित वाम नेताको रुपमा चिनिएका खपांगी पछिल्लो समय जनजाति नेता हुँदै राजावादी समेत बनेका थिए । उनले आफ्नै नेतृत्वमा छुट्टै पार्टी समेत गठन गरेका थिए । पछिल्लो समयमा खपांगीले लिबरल डेमोक्रेटिक पार्टी गठन गरेका थिए ।
तीन वर्षदेखि उपचाररत रहँदा निकै आर्थिक समस्या झेल्नु परेको थियो । जनजाति समुदायको आर्थिक सहयोगमा सिंगापुरमा समेत उनको उपचार भएको थियो । राजधानीकै, अन्नपुर्ण अस्पताल, नर्भिक र पछिल्लो समय न्युरोमा वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निगरानीमा उनको उपचार भईरहेको थियो । खपांगीको परिवारमा श्रीमती सहित, दुई छोरी र दुई छोरा रहेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )