Daily Archives: 28/08/2016

विदेशी खादा प्रयोगमा प्रतिवन्ध, नेपाली खादा प्रयोग गरौं !


पर्यटन मन्त्रालयद्धारा विदेश खादा प्रयोगमा रोक लगाइयो
Khada१२ भदौ, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मातहतका कुनै पनि कार्यालयमा विदेशी खादाको प्रयोग गर्न प्रतिवन्ध लगाएको छ ।विदेशबाट आयात हुने खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा राज्यकोषबाट बाषिर्क करोडौँ रुपैँया बाहिरिने भन्दै सचिव प्रेमकुमार राईको निर्देशनमा मन्त्रालयले त्यस्तो निर्देशन जारी गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

विदेशी जेलमा ८६३ नेपाली


होम कार्की, काठमाडौं
साउदी अरब– ४१३, मलेसिया २७७, यूएई १००, कतार ४४, कुवेत २५, बहराइन ३, ओमन १
भाद्र १२, २०७३- पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरु भयो । मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो । त्यसमा तिमल्सिनालाई दोषी ठहर गर्दै अदालतले ब्लडमनीबापत पीडित परिवारलाई तीन लाख साउदी रियाल (झन्डै ८७ लाख रुपैयाँ) दिनुपर्ने फैसला सुनाएको थियो । नेपाली दूतावासले खटाएका प्रतिनिधि र पीडित पक्षबीच भएको छलफलमा एक लाख २० हजार रियाल दिनुपर्ने सम्झौता भएपछि एनआरएनए साउदीले रकम संकलन सुरु गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

पुर्वमन्त्री तथा नेता गोरे बहादुर खपांगीको निधन


हार्दिक श्रद्धाञ्जली

14067651_1722150348036754_2372091021607160187_nपुर्वमन्त्री तथा वामपन्थी नेता गोरे बहादुर खपांगीको निधन भएको छ । राजधानीको पुरानो बस पार्क अगाडी २०७० वैशाख १२ गते मोटरसाईकलले ठक्कर दिएपछि उनी घाईते भएका थिए । त्यतिबेला देखि नै अचेत अवस्थामा रहँदै आएका थिए ।
न्युरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका खपांगीको शनिबार १० बजे राती निधन भएको पारिवारिक स्रोतले दियोपोस्टलाई जानकारी गराएको छ । कुनै समय निकै चर्चित वाम नेताको रुपमा चिनिएका खपांगी पछिल्लो समय जनजाति नेता हुँदै राजावादी समेत बनेका थिए । उनले आफ्नै नेतृत्वमा छुट्टै पार्टी समेत गठन गरेका थिए । पछिल्लो समयमा खपांगीले लिबरल डेमोक्रेटिक पार्टी गठन गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्