“गर्विणी समय”


दिपा राई पुन,बोस्टन अमेरिका

14101638_1184292814925692_561230420_nबिचारहरु असम्यजसतामा
हावाको वेगसँग दौडदा
एक मोडमा ठोक्किएर
मलाई उठेर भन्छ
अनुरोध यो क्षणको
ख्याल गर्नु
समय गर्विणी भएको छ

म आफ्नै छाति छामेर
अचम्मले झस्किए
अनि बोधताको गर्वले मुस्कुराए
मेरो डढेलो झैँ जलेको मनलाई
आगोको भुप्रोमा पिल्सिएको देशलाई
थाई नपाइ आगोकै झिल्काले
हवार हवार बलेको यो घडी
नागरिकका मनहरुलाई
मलम लाउन कोहिँ आउने आसले

समयले जन्माएको महान व्यक्तित्वहरुलाई
मैले क्षमा माग्दै भने
तिमीले हिडेको बाटो हिड्न नसक्दा
तिमीले भनेको कार्य गर्न नसक्दा
तिम्रो बिचारहरुको कद्दर नहुदा
तिम्रै असल भावनाहरु धरधरी रोएको देखेर
मैले नै समयलाई गर्विनी हुन अनुरोध गरे

समय र जीवनको भूगोल पल्टाउदा
जल्दै मेटिएको इतिहास पढछु
चेतन अवचेतन मनभित्र गढेर
सुकसुकाई रहेको विश्वाश जाग्दा
सस्कृति
सम्पदा
सभ्यता
सदियौ देखिको मानवीयता
फेरि पुनर्जन्म हुन्छु भन्छ

कामना गर्छु म अब
संस्कृति आ-आफ्नै जन्मोस
सम्पदा हराभरा भएर फूलोस
सभ्यताले सगरमाथा छुन सकोस
सत्य युगको स्वबोध मनुष्यता
पशु पन्क्षी,प्रकृतिको भाषा बुझियोस
सत्यम शिवम सुन्दरममा
डढेलो लाउने चेष्टा नगरोस कसैले

यसैले समय गर्विणी भएको छ
प्रत्येक मुटु जलन रापमा अमृत बर्सन
असिनाले चुटेको पत्रदल जीवन नहुन
आफै जन्मेको ठाउँलाई देश भन्न पाउन
आफ्नै पसिना घोप्टाएर एक पेट भर्न
मौलिक सिर्जना रितिरिवाज संस्कारको
अपहरण हुने छैन अब
आफ्नो सुरक्षा आफै गर्न
आफ्नो निर्णय आफै गर्न
हामीलाई समयले जन्माइरहेछ
बारम्बार आफैबाट आफू हुन

समय गर्विणी भएको छ
हामी मान्छे भएर जन्मनु पर्छ अब |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )