के स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्लान त?


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
14111995_1108078812606420_1371347617_nप्रधानमन्त्री कमरेड प्रचण्डको सरकारमा हाल सम्म नेपाली कांग्रेस पार्टीको तर्फबाट १५ जना सांसदहरूले मन्त्री पदको सफत लिई सकेका छन भने अझै केहि नेताहरू राज्यमन्त्री पाईन्छकी भन्ने आशाको पोखरीमा डुबुल्की मारी रहेका छन।सर्वप्रथम नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रतिनिधित्व गरी मन्त्री बन्नु भएका सांसद ज्यूहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको कामना ब्यक्त गर्दछु।नेपालको राजनिति पृष्ठभूमिमा सरकार परिबर्तन भई मन्त्री बनी रहनुलाई खासै उपलब्धिका रूपमा नहेरीए पनि बिभिन्न पार्टीहरूबाट प्रतिनिधित्व गरेर मन्त्री बनेका सांसदहरूले आफूले सम्हाल्नु भएका मन्त्रालयहरूको कमी कम्जोरीलाई पत्ता लगाई जनतालाई सरल र सहज तवरबाट सेवा दिनु नै माहनता ठानिने छ।नेपाली कांग्रेस पार्टी र माओबादी केन्द्रका सांसदहरूले मन्त्रालय सम्हाली सके पछि नेपाली जनताले चासोका साथ बिशेष रूपमा हेरीएको मन्त्रालय चाहि स्वास्थ्य मन्त्रालय हो।हाल उक्त मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेस पार्टीका सांसद एवं यूवा नेता गगन थापाले सम्हाल्नु भएको छ।मन्त्रालय त सम्हाल्नु भयो तर स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्ने हुन की होईनन भन्ने कुरा ठूलो हो।के गगन थापाले स्वास्थ्य क्षेत्रमा देखिएका कमी कम्जोरीहरूलाई पहिचान गरी समस्यालाई उचित निकाश दिएर समाधान गर्लान त?मन्त्री बन्नु स्वभाबिकै हो तर मन्त्री बनेर उसले गर्ने काम र गराउने कार्यले चाहि पक्कै पनि प्रभाब पार्ने छ।
14172051_1108081965939438_246014809_nअहिलेको जल्दो बल्दो नेपाली कांग्रेसका सांसद एवं यूवा नेता त्यसमा पनि स्वास्थ्य क्षेत्रलाई प्रभाबकारी ढंगले अगाडी बढाउनका लागि आठौ पटक आमरण अनसन बसी सकेका डा.गोबिन्द केसीको पक्षमा ओकालत गर्न भ्याई सकेका कारणले पनि यिनले स्वास्थ्य क्षेत्रमा केहि गर्छन की भन्ने सारा नेपाली जनतालाई आशा छ। स्वास्थ्य क्षेत्रमा भई रहेको माफियातन्त्रको अन्त्य गराई नेपालका अस्पतालहरूले पनि नेपालका बिशिष्ठ ब्यक्तित्वहरू देखि लिएर एउटा सर्ब साधरण नेपाली नागरीकको समेत सहज तवरबाट सेवा प्रदान गर्न सक्छन भन्ने कुराको माहौल सृजना गराउन सक्लान त? केपी ओली सरकारका पालामा छानबीन भएका नक्कली प्रमाण पत्र धारी डाक्टरहरूको अझै पूर्ण रूपमा छानबीन गर्नुका साथै नक्कली प्रमाणपत्र धारी डाक्टरबाट स्वास्थ्य क्षेत्रलाई मुक्त बनाउन सक्लान त?नेपालका राजनिति क्षेत्रका बिशिष्ट ब्यक्तित्वहरूलाई साधरण किसिमको रोग लाग्दा पनि बिदेश उपचार गराउन लैजाने प्रथालाई गगन थापाले अन्त्य गराउन सक्लान त ?

नेपाल सरकारको स्वामित्वमा रहेका सरकारी अस्पतालहरूलाई अहिलेको समय सापेक्ष बनाई अगाडी बढाउन जरूरी छ सरकारी अस्पतालले गरीव असाहयहरूलाई दिदै आएको सेवालाई निरन्तरता दिदै अझै प्रभाबकारी ढंगबाट सरकारी अस्पतालहरूलाई अगाडी बढाउन सक्लान त?गरीवीको चपेटामा परेको नेपाली नागरीकहरूलाई जटिल किसिमको रोग लाग्यो भने तिनले मृत्यू बरण गर्नु पर्ने अबस्था छ के गगन थापाले ति गरीव असाहयहरूलाई जटिल रोग लाग्यो भने उपचार पाई बाच्न सक्ने अबस्था सृजित गर्न सक्लान त?बर्तमान अबस्थामा स्वास्थ्य क्षेत्रमा चाहिने उपकरणहरूलाई पूर्णता दिएर नेपालमा ल्याउन सक्लान त ? एउटा ब्रेन ट्युमरको बिरामीको बायस्पी गरेर चेक गराउनका लागि मासुको टुक्रालाई भारत पठाउनु पर्ने र रिपोर्ट आउन ५/७ दिन लाग्ने अबस्था छ के यो समस्या समाधान गर्नका लागि नेपालमा नै उपकरण र दक्ष डाक्टरको ब्यबस्था गरेर चुस्त तवरबाट सेवा दिन सक्लान त?सरकारी अस्पताल र प्राईभेट अस्पताल बीचमा देखिएको भिन्नता र सेवा सुबिधाहरूलाई एकरूपता बनाई समान तवरबाट सेवा दिन सक्ने वातावरण सृजना गर्न सक्लान त?सरकारी जागिर हो भन्दै जे गरे जसो गरे पनि हुन्छ भन्दै समयमा ड्युटी नआउने डाक्टर देखि कर्मचारीहरूलाई कार्बाहीको दायरामा ल्याउन सक्लान त?

दुर्गम क्षेत्रमा रहेका अस्पतालहरूमा दक्ष डाक्टर र औषधीको ब्यबस्थापन गर्न सक्लान त?स्वास्थ्य क्षेत्रमा देखिएका यस्ता किसिमका अनेकौ समस्याहरूको जड पत्ता लगाई समस्याहरू समाधान गर्न सक्लान त?यदि यस्ता कुराहरूलाई मध्य नजर राख्दै स्वास्थ्य क्षेत्रमा सुधार गर्दै अगाडी बढे भने यिनको कार्यकाल सबल र सफल रहने छ तर पुरानै मन्त्रीहरूको पारामा काम भयो भने न त डा. गोबिन्द के सीको नै माग पुरा हुन्छ न त जटिल रोग लागेका नेपालीले नागरीकले नै उपचार पाउछन त्यसैले स्वास्थ्य मन्त्री गगन थापाले समयलाई मध्यनजर राख्दै स्वास्थ्य क्षेत्रमा सुधार गर्न जरूरी छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.