“मेरो जीवन” चलचित्र प्रदर्शन ’bout जानकारी सभा” ले HK$ ९४,७५० सकलन गर्न सफल !


मुककाजी (काजी) गुरुङ, हङकङ
14022262_1236202909744674_3153144170177854436_n२० अगस्त २०१६ का दिन तमु समाज हङकङले जोर्डनस्थित भारतीय गोर्खा भूपू सैनिक क्लबमा एक कार्यक्रम बिच यहि आउंदो ९ अक्टोबर २०१६ का दिन प्रदर्शन हुन गईरहेको नेपाली कथानक चलचित्र मेरो जीवन ’bout जानकारी सभाको आयोजना गरेका छन।
गुरुङ चलचित्रहरुदेखी नेपाली चलचित्रको लेखन तथा निर्देशनमा निकै नै पोख्त तथा अनुभवी ब्यक्तित्व कृष्ण कुमार गुरुङको लेखन तथा निर्देशन र याम बहादुर गुरुङ निर्माता रहेको नेपाली कथानक चलचित्र मेरो जीवन” लाई तमु समाज हङकङको सामुदायिक भवन खरिद अभियानलाई सहयोग गर्ने हेत्तुले सौजन्य स्वरुप प्रदान गरेका छन। स्मरण रहोस, तमु समाज हङकङले वर्तमान परिवेशमा सामुदायिक तमु भवन खरिद अभियानलाई तिब्रताका साथ अघि बढाएको छ।

14067437_1236206976410934_3873778190001121161_nजानकारी सभालाई तमु समाज हङकङका अध्यक्ष कोमल कान्छा गुरुङले अध्यक्षता गरेका थिए भने तमु समाज हङकङका महिला बिभागका अध्यक्ष श्रीमती पुष्प गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी गुरुङ, पर्वतका समाजसेवी धन बहादुर गुरुङ, नमो बुद्ध धर्म सेन्टरका धर्म गुरु देवी राज गुरुङ, अर्का धर्म गुरु गोपाल गुरुङ यसैगरी भारतीय गोर्खा भूपू सैनिक संघका अध्यक्ष जजिन चाम्लिङ राई, सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङ, ठकुरी समाज हङकङका अध्यक्ष ईश्वर बिक्रम शाही, स्याङ्जा अकलादेवी समाजका अध्यक्ष भानबिर गुरुङ, हिन्सका अध्यक्ष बिनय शाह, जन सम्पर्क समिती हङकङका अध्यक्ष बसन्त श्रीनेट , तमु समाज हङकङका प्रमुख सल्लाहकार नरेन्द्र गुरुङ लगायत तमु समाज हङकङका अन्य सल्लाहकार र तमु भाषा कक्षा तथा तमु नृत्य प्रशिक्षणका सञ्चालिका तमु समाज हङकङ महिला बिभागकी सचिव श्रीमती अनिता गुरुङलाई पनि अतिथिको रुपमा आसिन गराएका थिए।सञ्चार प्रवक्ता मुककाजी गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव बिशन गुरुङले सञ्चालन गरेका थिए।

14040065_1236202276411404_5070806403050506920_nस्वागत मन्तब्य लगतै मञ्चमा आसिन अतिथि महानुभाबहरुले तमु समाज हङकङले सामूदायिक तमु भवन खरिद गर्ने सम्बन्धमा चालेको अभियान स्वरुप नेपाली चलचित्र मेरो जीवन प्रदर्शन गर्न गईरहेको ’bout खुशी ब्यक्त गरे । बोल्ने क्रममा बक्ताहरुले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै संकलित रकम सहि सदुपयोग हुनु पर्ने बताए। यसैगरि चलचित्र मेरो जीवन प्रदर्शनलाई सफल बनाउंनको लागि स्वेच्छाले आर्थिक सहयोग गर्न कुनै कञ्जुस्याई गरेनन। यसैगरि कार्यक्रममा उपस्थित सम्पूर्ण तमु समाज हङकङका शुभचिन्तक लगायत अन्य गैर तमु समाजका महानुभावहरुले पनि कार्यक्रम सफलताको लागि र तमु समाज हङकङ भवन खरिदमा केही सहयोग पुग्ने अभिप्रायले पनि आर्थिक सहयोग गरेका छन।

14034767_1236207133077585_6531545381863995434_nअन्तमा, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ तथा महिला बिभागकी अध्यक्ष पुष्प गुरुङले कार्यक्रममा उपस्थित अतिथि महानुभाब लगायत तमु समाज हङकङका बिभिन्न पदाधिकारी, सल्लाहकार र शुभ चिन्तकहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउंनको लागि तमु समाज हङकङले चालेको अभियानलाई आफ्नै अभियान सम्झेर आर्थिक सहयोग प्रदान गरेको भन्दै धन्यवाद ब्यक्त गरे।यसै गरि आउंदो ९ अक्टोबर २०१६ का दिन प्रदर्शन हुन गईरहेको नेपाली कथानक चलचित्र हेरी दिनको लागि हङकङमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह गरेका छन। बिशेष गरेर तमु समाज हङकङको अभियानलाई सहयोग गर्ने अभिप्रायले सौजन्य स्वरुप (निशुल्क) चलचित्र प्रदान गर्नुहुने मेरो जीवन चलचित्रका लेखन तथा निर्देशक र निर्माता याम बहादुर गुरुङलाई बिशेष धन्यवाद ब्यक्त गरे।कार्यक्रममा नेपाली चलचित्र “मेरो जीवन” पोष्टरलाई अनावरण गरेका थिए।

चलचित्र प्रदर्शन तथा सामुदायिक तमु भवन खरिदको लागि आर्थिक सहयोग गर्ने सहयोग- दाताहरुको नामावली यस प्रकार छन।
१, चन्द्र ज्योति आलेमगर, अध्यक्ष , मगर संघ हङकङ – HK$ ५१००
२, गणेश गुरुङ (प्रकाश), पर्वत, चार भञ्ज्याङ – HK$ ५१००
३, देवी राज गुरुङ, धर्म गुरु (नमो बुद्ध धर्म सेन्टर) – HK$ ५१००
४, मन प्रशाद गुरुङ, उपाध्यक्ष, तमु समाज हङकङ – HK$ ५१००
५, भानबिर गुरुङ, अध्यक्ष, स्याङ्जा अकलादेवी समाज – HK$ ५०००
६, माया गुरुङ, सदस्य, तमु समाज हङकङ – HK$ ५०१०
७, काशी गुरुङ, प्रमुख सल्लाहकार, तमु समाज हङकङ – HK$ ५०००
८, भिम गुरुङ, सदस्य, तमु समाज हङकङ – HK$ ५०००
९, नरेन्द्र गुरुङ, प्रमुख सल्लाहकार, तमु समाज हङकङ – HK$ ३१००
१०, दुत बहादुर गुरुङ, सदस्य, तमु समाज हङकङ – HK$ ३०००
११, याम गुरुङ, सल्लाहकार, तमु समाज हङकङ – HK$ ३०००
१२, कोमल कान्छा गुरुङ, अध्यक्ष, तमु समाज हङकङ – HK$ ३०००
१३, रमेश गुरुङ, सदस्य, तमु समाज हङकङ – HK$ ३०००
१४, गम बहादुर गुरुङ, सदस्य, तमु समाज हङकङ – HK$ २५००
१५, ईश्वर बिक्रम शाह, अध्यक्ष, ठकुरी समाज हङकङ – HK$ २१००
१६, बिशन गुरुङ, सचिव, तमु समाज हङकङ – HK$ २१००
१७, पुष्प गुरुङ, अध्यक्ष, तमु समाज महिला बिभाग – HK$ २०१०
१८, कृष्ण कुमारी गुरुङ, उपाध्यक्ष, तमु समाज महिला बिभाग – HK$ २०१०
१९, देव गुरुङ, कानून ब्यवसाय – HK$ २०००
२०, श्रीमती रुरु गुरुङ, सदस्य, तमु समाज हङकङ – HK$ २०००
२१, किशोर गुरुङ, सह-सचिव, तमु समाज हङकङ – HK$ २०००
२२, कुमार गुरुङ, सदस्य, तमु समाज हङकङ – HK$ २०००
२३, बिकास गुरुङ, कोषाध्यक्ष, तमु समाज हङकङ – HK$ २०००
२४, मुककाजी गुरुङ, सञ्चार प्रवक्ता, तमु समाज हङकङ – HK$ २०००
२५, केबी गुरुङ, सचिव, घोडें, घोताने समाज हङकङ – HK$ २०००
२६, बिनय शाह, अध्यक्ष, हिन्स – HK$ २०००
२७, पुकार गुरुङ, निर्माता, गुरुङ चलचित्र “फ्रिसी” – HK$ २०००
२८, अर्जुन गुरुङ, सल्लाहकार, तमु समाज हङकङ – HK$ १५००
२९, देउ काजी गुरुङ, सदस्य, तमु समाज हङकङ – HK$ १५००
३०, बसन्त श्रीनेट, अध्यक्ष, जन सम्पर्क समिती हङकङ – HK$ १०००
३१, कुल प्रसाद गुरुङ, सदस्य, तमु समाज हङकङ – HK$ १०००
३२, शुसीला गुरुङ, सदस्य, तमु समाज महिला बिभाग – HK$ १०००
३३, बिक्रम गुरुङ, सदस्य, तमु समाज हङ्कङ – HK$ १०००
३४, दिपक गुरुङ, अध्यक्ष, सहारा क्लब हङकङ – HK$ १०००
३५, पदम गुरुङ – HK$ १०००
३६, निरञ्जन गुरुङ, महासचिव, एन आर एन ए हङकङ – HK$ १०००
३७, बिष्णु गुरुङ, अध्यक्ष, घोताने समाज हङकङ – HK$ ५२०
कुल रकम, हङकङ डलर – HK$ ९४,७५०
सहयोग आउंने क्रम जारी नै……….

प्रस्तोता:
मुककाजी (काजी) गुरुङ
हङकङ

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )