इटालीमा ६.२ रेक्टर स्केलको भूकम्प, धेरै क्षति भएकाे अाश‌ंका


240820161016302016-08-24T042333Z_29606394-1000x0भाद्र ८, २०७३- इटालीको दक्षिण–पश्चिममास्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर त्यहाँ ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । इटालीको अमाट्रिसे शहरका मेयरका अनुसार शहरको आधी भाग पूर्णरुपमा ध्वस्त भएको छ । अधिकारीहरुका अनुसार प्रारम्भिक रुपमा ६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
यस्तै इटालीकाे केन्द्रमा रहेकाे अकुमाेली शहरमा पनि थुप्रै घरहरु भत्किएकाे बताइएकाे छ ।इटालीको राजधानी रोममा भूकम्पका कारण केही भवनहरु २० सेकेन्डसम्म हल्लिएको ला रिब्पिलिका पत्रिकाले बताएको छ ।थप जानकारी भने अाउने क्रम जारी छ । इटालीमा सन् २००९ मा गएको ६.३ रेक्टर स्केलको भूकम्पमा ३०० जनाले ज्यान गुमाएका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )