Daily Archives: 24/08/2016

“मेरो जीवन” चलचित्र प्रदर्शन ’bout जानकारी सभा” ले HK$ ९४,७५० सकलन गर्न सफल !


मुककाजी (काजी) गुरुङ, हङकङ
14022262_1236202909744674_3153144170177854436_n२० अगस्त २०१६ का दिन तमु समाज हङकङले जोर्डनस्थित भारतीय गोर्खा भूपू सैनिक क्लबमा एक कार्यक्रम बिच यहि आउंदो ९ अक्टोबर २०१६ का दिन प्रदर्शन हुन गईरहेको नेपाली कथानक चलचित्र मेरो जीवन ’bout जानकारी सभाको आयोजना गरेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

विमानस्थल आसपास लेजर लाइट निषेध


सुशील भट्टराई
TIAकाठमाडौं-मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास विकिरण फ्याँक्ने ‘लेजर लाइट’ प्रयोग गर्न निषेध गरेको छ।लेजर लाइटबाट उडान सुरक्षामा असर पुगेको र गत शुक्रबार अवतरण गर्न आइरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाजको पाइलट बस्ने ककपिटमा जमिनबाट फ्याँकिएको लेजर लाइट परेको घटनापछि विमानस्थलको प्रमुख सञ्चालक निकायसमेत रहेको प्राधिकरणले यस्तो कदम चालेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

इटालीमा ६.२ रेक्टर स्केलको भूकम्प, धेरै क्षति भएकाे अाश‌ंका


240820161016302016-08-24T042333Z_29606394-1000x0भाद्र ८, २०७३- इटालीको दक्षिण–पश्चिममास्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर त्यहाँ ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । इटालीको अमाट्रिसे शहरका मेयरका अनुसार शहरको आधी भाग पूर्णरुपमा ध्वस्त भएको छ । अधिकारीहरुका अनुसार प्रारम्भिक रुपमा ६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासी नेपाली मन्च कुवेतको प्रेस विज्ञप्ति


14089616_1737401983179265_337252544_nकुवेत, अगष्ट २४- प्रवाशी नेपाली मञ्च कुवेतले रामचन्द्रलाई बचाऊ अभियानलाई दिएको १,११,१११ (एक लाख एघार हजार एक सय एघार) रुपिया अन्तै सामाजिक कार्यमा खर्च गर्ने बताएको छ |रामचन्द्र बचाऊ अभियानलाइ व्यापकरुपमा विश्वभरी रहेका सम्पूर्ण नेपालीहरु ले चलाएको अभियानलाइ चाहिने भन्दा चार गुणा बढी रकम संकलन भएपछी प्रबासी नेपाली मन्च कुवेतले आज एक प्रेश बिज्ञप्ती जारी घोषणा गरे बमोजिमको रकम यस्तै पिडामा परेका नेपाली वा बैदेशिक रोजगारको सिलसिलामा समस्यामा परेका नेपालीहरुका लागि उपयोग गरिने गरी अहिले आफ्नै कोषमा यथाबत राख्ने निर्णय गरेको मन्च कुवेतका सचिब तथा संगठन बिभाग प्रमुख पवन कुमार ओलीले जानकारी दिनु भएको छ ।