Daily Archives: 23/08/2016

मानव तस्करीको नयाँ गन्तव्य चीन


जनकराज सापकोटा, काठमाडौं
भाद्र ७, २०७३- झन्डै दुई महिना चीनको बेइजिङदेखि ग्वान्झाउसम्मका अनेक भाग चहारेर पर्वत धाइरिङका शिवप्रसाद शर्मा भदौ २ मा नेपाल फर्के । यसरी कहिल्यै नाम नै नसुनेका र नेपालीहरूको श्रम गन्तव्यका रूपमा नरहेको चिनियाँ भूमिमा भौंतारिएर फर्किनेमा शिव एक्लो थिएनन् । उनीसँगै करिब एक दर्जन नेपालीसमेत थिए । मानव तस्करको प्रलोभनमा परेर चीन पुर्‍याएपछि अलपत्र पारिएका शिव ७७ दिन लामो भुक्तमानपछि बल्लतल्ल नेपाल फर्किए । शिव आएकै साता मोटो रकम बुझाएर चीनको बाटो हुँदै मकाउ र हङकङ लैजाने आश्वासनमा फसेर महिनौंको बिचल्लीपछि नौ नेपाली पनि गत साता फर्किए । पढ्नेक्रम जारी राख्नुहोस्