तयार भयो कांग्रेसबाट मन्त्री बन्नेको लिस्ट, गगन थापाको पनि नाम… (हेर्नुस् को–को परे लिस्टमा)


(From left) Nepali Congress senior leader Sher Bahadur Deuba, acting President Ram Chandra Paudel and General Secretary Krishna Prasad Sitaula at a party meeting, in Kathmandu, on Sunday, February 14, 2016. Photo: RSS

काठमाण्डु, ६ भदौ– नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बन्ने नेताको सूची तयार पारेको छ सभापति शेरबहादुर देउवाले असन्तुष्ट रहेका रामचन्द्र पौडेललाई मनाएर पार्टीबाट मन्त्री बन्नेको अन्तिम नामलिस्ट तयार पारेका हुन् । तर, केही मन्त्रीलाई भने अप्सनको रुपमा राखिएको छ ।
कांग्रेसमा तयार पारिएको मन्त्रीको नामलिस्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारतबाट आएपछि मात्र फाइनल गरिनेछ । कांग्रेस स्रोतका अनुसार एक, दुईजना बाहेक हालको नामलिस्टबाट परिवर्तन नहुने देखिएको छ । लामो समयको गृहकार्य र असहमतिका बाजजुत कांग्रेसले अन्तिम समयमा आएर मन्त्रीको नाम टुंगो लगाएकाले परिवर्तनको सम्भावना नरहेको हो ।
कांग्रेसबाट मन्त्रीका लागि छनोटमा परेकामा अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत, सीतादेवी यादव, केशवकुमार बुढाथोकी, नवीन्द्रराज जोशी, गगन थापा र भीमसेनदास प्रधानमध्ये एक रहेका छन् । देउवा पक्षबाट केसी, महत, खाँण, शाही र बस्नेत मन्त्रीका छानिएका हुन् । भने पौडेल पक्षबाट यादव, बुढाथोकी र जोशी छानिएका छन् । तर, पौडेल पक्षले परराष्ट्रमा शेखर कोइरालाई लानुपर्ने अडान रोखको छ । यसो नभए आफूहरुलाई चार मन्त्रालय दिइनुपर्ने उसको माग छ । देउवाले भने महतलाई परराष्ट्रमा लान चाहेका छन् ।

कृष्ण सिटौला पक्षबाट थापा र प्रधानमध्ये एक मन्त्री हुने फिक्स भएको छ । गगनको नाम मन्त्री बन्नेको लिस्टमा गएता पनि उनका ससुरा केसी मन्त्री बन्ने भएपछि उनलाई घाटा हुनसक्छ । सुसरा–ज्वाँइलाई एकैपटक मन्त्री बनाउँदा पार्टीमा गलत संदेश जाने भएकाले गगनको चान्स कम रहेको कांग्रेस स्रोत बताउँछ ।

त्यसैगरी महामन्त्री शशांक कोइराला पक्षबाट दिपक गिरीको नाम आएको छ । आफ्नो निकै निकट रहेका गिरीलाई शशांकले मन्त्री बनाउन चाहेका छन् । तर, उनीनिकट केही नेताले गिरीलाई मन्त्री बनाउन नहुने भन्दै शशांकपत्नीसँग लबिङ गरिरहेको बुझिएको छ ।

कांग्रेसका एक नेताले काठमाण्डु टुडेसँग भने, ‘हामीले करिब–करिब पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाइसकेका छौँ । तर, यो अन्तिम नामलिस्ट भने होइन । अझै छलफल जारी छ । सबैको सहमतिमा एक–दुई जनाको नाममा हेरफेर हुनसक्छ ।

स्रोत : काठमाडु टूडे

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )