नेपाल पत्रकार महासंघ युएईले स्मारिका प्रकाशन गर्ने


लक्ष्मण खनाल
14081387_1399253543435997_1504152468_nअगष्ट १९, युएई। नेपाल पत्रकार महासंघ युएई शाखाले पहिलो पटक स्मारिका प्रकाशन गर्ने भएको छ । आज बरदुबईमा बसेको शाखाको बैठकले उक्त कुराको निर्णय गरेको हो । बैठकले स्मारिका प्रकाशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समितीहरु पनि निमार्ण गरेको छ ।शाखाका अध्यक्ष त्रिलोचन कोइरालाको संयोजकत्वमा लेख तथा अभिलेख संकलन समिती गठन गरेको छ। सदस्यहरुमा लक्ष्मण खनाल र हरी नेपाली रहेका छन्। शाखाका कोषाध्यक्ष मेघराज सापकोटाको संयोजकत्वमा विज्ञापन तथा आर्थिक संकलन समिती निर्माण गरिएको छ। सदस्यहरुमा एकेन्द्र थापा र भुपराज वस्याल रहेका छन्। शाखाका सचिव लक्षमण खनालको संयोजकत्वमा संघसंस्था समन्वय समिति गठन भएको छ जसको सदस्यहरुमा एकेन्द्र थापा, भुपराज वस्याल, विनोद श्रेष्ठ र निमाकान्त पाण्डे रहेका छन ।
स्मारिका शाखाको निकट भविष्यमा हुन गइरहेको अधिवेसनको अवसरमा लोकार्पण गरीने छ। बैठकले अधिवेशन आगामी नोभेम्बर अन्तिम साता अथवा डिसेम्बर पहिलो हप्ता गर्ने निर्णय गरे पनि मिति तय गरिसकेको छैन ।

सो स्मारिका पत्रकार महासंघ युएई शाखाको रहे पनि नेपाली दूतावास युएईमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुको सम्पर्क विवरण र अभिलेखहरु राखिने शाखा अध्यक्ष त्रिलोचन कोइरालाले जानकारी दिए । उनले स्मारिका लाई युएईमा रहेका नेपाली र नयाँ आउने नेपालीहरुको लागि प्रभावकारी र अध्ययन गर्न आवश्यक विषयबस्तुहरु रहने पनि जानकारी दिएका छन्।

नेपाल पत्रकार महासंघ युएई शाखाले स्मारिकाको लागी युएईमा क्रियाशिल नेपाली संघ संस्थाहरुलाई आफ्नो बिवरण दिएर सहयोग गरीदिन अनुरोध गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )