Daily Archives: 20/08/2016

खाडीमा नेपाली अलपत्र : खोइ उद्धार संयन्त्र ?


होम कार्की, काठमाडौं
20082016030355Kamdar-1000x0भाद्र ४, २०७३- साउदी अरबको रियादस्थित नेपाली दूतावाससँग एउटा सूची छ, जसमा अलपत्र परेका नेपाली कामदारहरूको नाम उतारिएको छ । यो सूचीमा जाबिर सहिद साफिर अल हाजरीमा तीन महिनादेखि तलब नपाएका २ सय, इभारा इन्फ्रास्ट्रक्चारमा कार्यरत ८ महिनादेखि तलब नपाएका ७५, सनत इन्टरनेसनलमा अलपत्र परेका ४९, अब्दुल मोहसिन अल मुसामा ५ महिनादेखि तलब नपाएका २३ कामदारको नाम छ । पढ्नेक्रम जारी राख्नुहोस्

आखिर धेरै चर्चा परिचर्चा फिलोपिनी नागरीक एवं नेपालकी बुहारी जोयाको मात्र किन?


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
Untitled-1फिलिपिनी नागरीक एवं नेपालकी पीडित बुहारी भनेर चिनिएकी जोयाको उद्धार गरी फिलिपिन्स पठाएको कुरा सामाजिक संजालहरूमा खुबै भाईरल भए।हामीले जोयाको ’boutमा जे सुन्यौ त्यो एकदमै दुखित साथै पीडादायी कुरा थियो।हाम्रा नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको भावनामा यस घटनाले एकदमै गहिरो चोट पुरायो साथै सबै दुखित बने कोहि रोई रोई भिडियो शेर गर्दै थिए त कोहि लेखहरू शेर गर्नमा नै ब्यस्त थिए। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल पत्रकार महासंघ युएईले स्मारिका प्रकाशन गर्ने


लक्ष्मण खनाल
14081387_1399253543435997_1504152468_nअगष्ट १९, युएई। नेपाल पत्रकार महासंघ युएई शाखाले पहिलो पटक स्मारिका प्रकाशन गर्ने भएको छ । आज बरदुबईमा बसेको शाखाको बैठकले उक्त कुराको निर्णय गरेको हो । बैठकले स्मारिका प्रकाशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समितीहरु पनि निमार्ण गरेको छ ।शाखाका अध्यक्ष त्रिलोचन कोइरालाको संयोजकत्वमा लेख तथा अभिलेख संकलन समिती गठन गरेको छ। सदस्यहरुमा लक्ष्मण खनाल र हरी नेपाली रहेका छन्। शाखाका कोषाध्यक्ष मेघराज सापकोटाको संयोजकत्वमा विज्ञापन तथा आर्थिक संकलन समिती निर्माण गरिएको छ। सदस्यहरुमा एकेन्द्र थापा र भुपराज वस्याल रहेका छन्। शाखाका सचिव लक्षमण खनालको संयोजकत्वमा संघसंस्था समन्वय समिति गठन भएको छ जसको सदस्यहरुमा एकेन्द्र थापा, भुपराज वस्याल, विनोद श्रेष्ठ र निमाकान्त पाण्डे रहेका छन । पढ्नेक्रम जारी राख्नुहोस्