रुट परमिट बिनाका बस धमाधम फिर्ता


यात्रु समस्यामा
नगेन्द्र अधिकारी, काभ्रे
भाद्र २, २०७३- रुट परमिट नभएको भन्दै प्रहरीले वीपी राजमार्गमा चलेका गाडीलाई काभ्रेको भकुण्डेबाट फिर्ता गरेको छ । जनैपूर्णिमाका लागि सिन्धुली, महोत्तरी लगायतका तराईका जिल्ला जाने यात्रु समेत अलपत्र परेका छन् । ६० वटा गाडीलाई भकुण्डेमा रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । बीपी राजमार्ग पूर्णतया सञ्चालनमा आएपनि सरकारले रुटपरमिट जारी गरेको छैन । सो रुटमा हिमाल तराई यातायात सेवा समिति, वीपी राजमार्ग यातायात, कमलामाई लगायतका विभिन्न ४० समितिले यातायात सेवा सञ्चालन गरिरहेका छन् ।

रुटपरमिट नभएका क्षेत्रमा गाडी सञ्चालन हुँदा दुर्घटना भएको र बिमाको समेत व्यवस्था नभएको भन्दै प्रहरी प्रशासनले रोक लगाउन थालेको हो । रुट परमिट नभएका जिल्लाका सबै ग्रामीण भेगका गाडी पनि फिर्ता गर्न थालिएको बास्तोलाले बताए ।

हेलम्बु यातायात सेवा समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले गाडी फिर्ता गर्नु समस्याको समाधान नभएको बताए । ‘यसरी गाडी फर्काउँदा ग्रामीण भेगको यातायात ठप्प हुन्छ, देशभरका कच्ची सडकमा रुटपरमिट हुँदैन,’ उनले भने, ‘रोक्ने हैन बाटो बनाउन लाग्नुपर्‍यो, मापदण्ड पुगेका सडकमा परमिट दिनुपर्‍यो ।’

ग्रामीण भेगका लागि यातायात व्यवस्था विभागले रुट परमिट जारी नगर्ने भएकाले पक्की सडको अनुमति पत्र देखाएर नजिकको कच्ची सडकमा यातायात सञ्चालन भइरहेको छ ।

स्थानीयको मागका आधारमा प्रशासनले दिने स्विकृतिका आधारमा नै सेवा सञ्चालन भएको हो । जिल्लाको कुल १७ सय ३७ किलोमिटर सडकमध्ये २ सय १५ किमि सडकमात्रै कालोपत्रे छ ।

२ सय ८७ किलोमिटर ग्राभेल र १२ सय ४२ किलोमिटर धुले सडक छन् । १ सय ६२ ग्रामीण सडकको लम्बाई ७ सय २१ किलोमिटर छ । ९३ किलोमिटर सडक अरनिको राजमार्ग र बीपी राजमार्गमा पर्छ ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )