Daily Archives: 18/08/2016

साउदीको जेलमा रहेका सातजना नेपालीलाई जेलमुक्त गर्न सरकारलाई आग्रह


1471510278patrakar-sammelan-final-finalकाठमाडौं, भदौ २ । साउदी अरबको जेलमा रहेका सातजना नेपालीलाई जेलमुक्त गर्न उनीहरुका आफन्तहरुले आग्रह गरेका छन् ।‘ब्लड मनी’को अभावमा उनीहरुलाई जेलमुक्त गर्न नसकिएको भन्दै आफन्तजनले सहयोग गर्न सरकारसँग आग्रह गरेका हुन् ।आफन्तहरुले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरु निर्दोष भएको दाबी गर्दै नेपाल फर्काउने वतावरण बनाइदिने आग्रह गरे । पढ्नेक्रम जारी राख्नुहोस्

नेविसंघको मतदान सकियो, दिउँसोसम्म परिणाम आउने


nebisang_mahadibesan-2२ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि मतदान सकिएको छ । हिजो अपरान्ह पौने १ बजेबाट सुरु भएको मतदान आज बिहान ८ बजे मात्र सकिएको हो । निर्वाचन सकिएसँगै केहिबेरमा मुचुल्का उठाउने तयारी निर्वाचन समितिले गरेको छ । मुचुल्का उठाएपछि मतगणना सुरु गरिने छ । विद्युतीय मतदान गरिएका कारण मतगणना सुरु भएको करिब दुई घण्टामा नै पूर्ण नतिजा सार्वजनिक निर्वाचन समितिले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रुट परमिट बिनाका बस धमाधम फिर्ता


यात्रु समस्यामा
नगेन्द्र अधिकारी, काभ्रे
भाद्र २, २०७३- रुट परमिट नभएको भन्दै प्रहरीले वीपी राजमार्गमा चलेका गाडीलाई काभ्रेको भकुण्डेबाट फिर्ता गरेको छ । जनैपूर्णिमाका लागि सिन्धुली, महोत्तरी लगायतका तराईका जिल्ला जाने यात्रु समेत अलपत्र परेका छन् । ६० वटा गाडीलाई भकुण्डेमा रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । बीपी राजमार्ग पूर्णतया सञ्चालनमा आएपनि सरकारले रुटपरमिट जारी गरेको छैन । सो रुटमा हिमाल तराई यातायात सेवा समिति, वीपी राजमार्ग यातायात, कमलामाई लगायतका विभिन्न ४० समितिले यातायात सेवा सञ्चालन गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

जनैपुर्णींमा तथा रक्षाबन्धनको शुभकामना सहित (जानकारी)


AFDजनै र व्रतबन्ध हिन्दु परम्परामा व्रतबन्ध गर्ने विधान छ । धार्मिक शास्त्रअनुसार, मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ । शरीरमा रहेका सूक्ष्म बिन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन् । यो डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी बिन्दु, फोक्सोको बाहिरी बिन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ । शरीरलाई ऊर्जाशक्ति र रक्तसञ्चारलाई निरन्तरता दिन व्रतबन्धका दिन जनै लगाउन थालिएको हो । शास्त्रअनुसार, जनै लगाउँदा आयु, तेज र बल प्राप्त हुने मान्यता छ । यसको अर्को काम मुटु, कलेजो, फोक्सो र शरीरका सूक्ष्म अंगलाई क्रियाशील बनाउने पनि रहेको छ । नकारात्मक भावना र ऊर्जालाई निस्तेज बनाउने पढ्नेक्रम जारी राख्नुहोस्