सरोकार समाज कुवेत सामाजिक अभियानमा, मुटु रोगीलाई १ लाख सहयोग


जय आले, कुवेत

02१५ अगष्त २०१६ । मानव जीबनमा सबैभन्दा ठुलो पुण्यको काम हो दिन दु:खीको सेवा र सहयोग । नेपाली समाज कुवेतमा कृयाशिल रहेको नेपाली युवाहरुको संस्था नेपालकुवेत सरोकार समाजले यसै मन्त्रलाई अनुसरण गर्दै अगाडि बढेको छ । समाजले नेपालमा मुटुको बिमारीले थला परेकी चेलीलाई १ लाख भन्दा बढी रकम पठाएर सहयोग गरेको छ ।

03झापा जिल्ला, जलथल-१ स्थाई निवासी वर्ष ३२ कि दुर्गा खवासको मुटुको बिमारीले भल्ब बन्द हुन पुगी जीबन र मृत्‍युको दोसाँधमा छट्पट्याई रहेको अवस्थामा नेपालकुवेत सरोकार समाजले कुवेतमा सहयोग संकलन अभियान जारी गरी २८३.६७४ के.डी. (नेपाली रुपैंया एक लाख १ सय) पीडितको नेपालस्थित बैंक खातामा पठाएको सरोकार समाजका अध्यक्ष दिल स्याङ्बोले कुवेतनेपाल डट कमलाई जानकारी दिएका छन ।

02004हाम्रो सानो सहयोगले एउटी चेलीको मुटुको अप्रेशनमा सहयोग पुग्छ र उनको जीबनको रक्षा हुन्छ भने किन पहल नगर्ने भनेर हामीले यो रकम संकलन अभियान चाल्यौं र हाम्रो संस्थाको तर्फबाट पनि हामीले सहयोग गरेर यती रकम जम्मा गरी पठाउन सफल भएका हौं भन्दै अध्यक्ष स्याङ्बोबाट पैसा पठाएको रसिद र बिमारीको फोटो उपलब्ध भएको थियो ।

अध्यक्षले नेपाली समाजले चालेका हरेक सकरात्मक कार्यहरुमा सरोकार समाजले साथ दिने र सहकार्य गरेर अगाडि बढ्ने पनि बताएका छन ।image-0-02-01-01V

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )