नेपाली कांग्रेस पार्टी कसैको बाबुको बिर्ता होईन ८० लाख कांग्रेसीको पार्टी हो।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13706082_1073287149418920_1732930344_nनेपाली कांग्रेस पार्टी भित्र हाल देखिएको बिकराल समस्याको ’boutमा नचाहदा नचाहदै पनि एउटा कांग्रेस पार्टी प्रति आस्था राख्ने कार्यकर्ताको हैसियतले सारा दुनियाँको माझ कलम चलाएर मनका भावनाहरू ब्यक्त गर्न मन लाग्यो।नेपाली कांग्रेस पार्टीको भातृसंगठन नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशनलाई नै असर पर्ने गरी खेलिएका घृणित खेलका ’boutमा पार्टीलाई हाकेर हिड्ने सभापति महोदय शेर बहादुर देउवा,बरिष्ठ नेता रामचन्द्र पौडेल लगाएतका नेताहरूको गुट बन्दीले पार्टीको संरचनालाई नै तहस नहस पारेको छ।९ बर्ष सम्म हुन नसकेको बिद्यार्थीको महाधिवेशन हुने कुराले सबैमा उत्साह थियो तर चरम गुट बन्दीले गर्दा महाधिवेशन तोकिएको समयमा सफल हुन सकेन।

बिबिध समस्याहरूलाई सुल्झाउदै अन्तिम चरणमा आई सकेको भए पनि मतदाता नामावली प्रकाशित गर्ने बेलामा सहमतिमा २२०० बाट ३४०० बनाएको भए पनि देउवा पक्षधरबाट एकतर्फी रूपमा ३४००बाट ३७६० पुराएर मतदाता नामावली नेपाली कांग्रेस पार्टीको वेभसाईटमा प्रकाशित भए पछि रामचन्द्र पक्षधरका बिद्यार्थी नेताहरूले असन्तुष्टि जनाएका थिए।आखिर किन एकतर्फी रूपबाट मतदाता नामावली थपियो त?के यहि हो त प्रजातान्त्रिक र लेकतान्त्रिक पद्धतिको पालना?पार्टी सभापति देउवाले पूर्व राजा ज्ञानेन्द्रले झै निरङकुशता लाद्ने कोशीश गर्दै छन पार्टी भित्र यदि यस्तो स्थिति सृजित गरे भने नेपाली कांग्रेस पार्टी भित्र ठूलो उथलपुथल हुने पक्का छ।नेपाली कांग्रेस पार्टी कसैको बाबुको बिर्ता होईन यो पार्टी ८० लाख कांग्रेस हुँ भन्दै कांग्रेसको चार तारा अंकित झण्डलाई बोकेर हिड्ने नेपाली जनताको प्यारो घर हो।यदि यस पार्टीलाई त्यस्तो बनाउन खोजिएमा पार्टी भित्र नै टक्राब आएर पार्टी तहस नहसको बाटो तर्फ उन्मुख हुने छ।

पार्टी सभापति देउवा संग मतदाता नामावलीको ’boutमा रामचन्द्र पौडेलले जिज्ञासा राख्दा यो बिद्यार्थीहरू बीचको समस्या हो यो उनीहरूले नै समस्या समाधान गर्न सक्छन तपाईले चिन्ता लिनु पर्दैन भनेर पार्टी सभापति जस्तो गरीमामय पदमा बसेको ब्यक्तिले त्यसो भन्न मिल्छ?आखिर यो स्थिति कसले सृजना गर्यो भन्ने ’bout सबै कांग्रेसीलाई थाहा छ।यस्ता पार्टी प्रति नै बिचलन आउने किसिमका अभिब्यक्तिले कांग्रेस कांग्रेस भन्दै हिडेका कार्यकर्ताहरूको मन भाचिएको छ।मतदाता नामाबलीलाई नसच्चाए सम्म अधिवेशनमा नजाने प्रतिबद्धता गर्दै पार्टी कार्यालयमा दबाब दिन गएका राम चन्द्र पक्षधरका बिद्यार्थी नेताहरूलाई सुनियोजित तवरबाट नेपाल प्रहरीले लाठी चार्ज गरेर २४ जना भन्दा बढीलाई घाईते बनाएको छ।तपाई हामी सहजै अनुमान लगाउन सक्छौ यो पार्टी भित्रको भातृ संगठनको आन्तरिक बिबादमा शेर बहादुर देउवा र गृहमन्त्री बिमलेन्द्र निधिको ठाडो आदेशमा प्रहरीको लाठी चार्ज भएको छ।के आफ्नै पार्टीको सरकारमा रहेको गृहमन्त्रीले दिने आदेश यहि हो त ?भिडियोमा हेर्दा लाग्छ घटना सुनियोजित नै छ।यदि पार्टी सभापतिबाट यस्ता किसिमका कार्य भएको हो भने हामी जस्ता लाखौ लाख कांग्रेसीहरूलाई सह्य हुने छैन।

इतिहासको काल खण्डमा ७ दशक पार गरेको पार्टीको यो हालत देख्दा मन नरूने कुनै कार्यकर्ता छैन।मलाई पनि आभाष भएको छ न त म शेर बहादुर पक्ष नै हुँ न त रामचन्द्र पक्ष नै म त केवल हुँ नेपाली कांग्रेस मात्रै नेपाली कांग्रेस।बीपीले कांग्रेस स्थापना गर्नु भयो उहाँ बित्नु भयो त्यसै गरी सुबर्ण शम्शेर,गणेशमान ,कृष्ण प्रसाद भट्टराई,गिरीजा बाबु ,शुशिल कोइराला सबै बित्नु भयो उहाँ हरू हामी सामु नभए पनि कांग्रेस पार्टी र उहाँहरूले पार्टीलाई दिनु भएको योगदान त छ नी त्यसैले भोलीका दिनमा शेर बहादुर ,रामचन्द्रका ठाउँमा अरू नेपाली कांग्रेस हुँ भन्ने आउछन त्यसैले म केवल मात्र नेपाली कांग्रेस हुँ।बिगत लामो समय देखि आशिर्बादका भरमा ने बि संघको अध्यक्ष हुने माहौललाई प्रजातान्त्रिक र लोकतान्त्रिक पद्धतिबाट अगि बढाउन खोज्दा यस्तो हालत भएको छ।आफ्नै घर भित्रको झगडा मिलाउन नसक्नेहरूले देशकै झगडाको समाधान चाहि कसरी गर्ला खै?पूर्व राजा ज्ञानेन्द्रले देउवालाई त्यसै असक्षम प्रधान मन्त्री भनेका हैन रैछ नी त खाटी कुरा त यस्तो रहेछ नी।नेतृत्वदायी भूमिका निवारण गर्न नसकेका कारण हटाएका रहेछ।आशा गरौ यी समस्यालाई पक्कै पनि समाधान गरेर सहज तवरबाट माहाधिवेशन सम्पन्न होस साथै हिजो मिति २०७३/४/३० गते पार्टी कार्यालयमा नारा जुलुस गर्न गएका बिद्यार्थीहरू माथि प्रहरी दमनबाट घाईते भएकाहरूको शीघ्र स्वास्थ लाभको कामना गर्दछु।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )