नेविसंघ महाधिवेशनको विवाद मिल्यो, मंगलबार चुनाव हुने


13988640_1091814024232899_1215267793_nश्रावण ३०, २०७३- नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता आइतबार हुँदैछ । प्रतिनिधि छनौट विवाद मिलेपछि शुक्रबार राति निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेपछि आइतबार उम्मेद्वारी दर्ता हुन लागेको हो ।साताअघि उद्घाटन भएर रोकिएको नेविसंघको ११ औं महाधिवेशनको बन्दसत्र सुरु नै नगरी निर्वाचन प्रक्रिया अघि शुरु भएको छ । आइतबार उद्घाटन लगत्तै अधिवेशन नगरीकनै भागबण्डाका आधारमा प्रतिनिधि बनाईएका ११ जिल्लाको विवाद उल्झिएपछि बन्द सत्र सुचारु हुन सकेको थिएन ।

महाधिवेशनमा ३ हजार ७ सय ६० प्रतिनिधि छन् । अहिले प्रतिनिधिलाई परिचयपत्र वितरण गर्ने काम भइरहेको छ ।

निर्वाचन समितिले आज दिउँसो ३ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । दाबी विरोध, फिर्ता लगायतको प्रक्रिया पुरा गरेपछि सोमबार साँझ ६ बजे उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित गरिनेछ समितिले जनाएको छ ।

उम्मेद्‌वारीको अन्तिम नामावली प्रकाशित गरेपछि मंगलबार चुनाव गरिने छ । मंगलबार बिहान ७ देखि बेलुकी ७ बजेसम्म मतदान हुने छ । मतदान नेपाली कांग्रेस पार्टी कार्यालय सानेपा, ललितपुरमा हुने छ ।

हेर्नुहोस् नेपाली कांग्रेस ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका:
निर्वाचन कार्यक्रम

१. महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन:– २०७३ श्रावण २९ गते साँझ ९:०० बजे ।

२. उम्मेदवारको मनोनयन दर्ता:– २०७३ श्रावण ३० गते दिनको ३:०० वजेदेखि साझ ६:०० बजेसम्म ।

३. उम्मेदवारको पहिलो नामावली प्रकाशन:– २०७३ श्रावण ३० गते बेलुकी ७:३० बजे ।

४. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दाबी संशोधन माग गर्ने समय:२०७३ श्रावण ३१ गते विहान १०:०० बजेदेखि १०:३० बजेसम्म ।

५. दोस्रो उम्मेदवारको नामावली प्रकाशन २०७३ श्रावण ३१ ग्ते विहान ११:३० बजे ।

६. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध: २०७३ श्रावण ३१ गते दिउसो १२:३० बजेदेखि ३:३० बजेसम्म ।

७. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन: २०७३ श्रावण ३० गते दिनको १:०० बजे ।

८. उम्मेदवारीको नाम फिर्ता: २०७३ श्रावण ३१ गते दिनको १:३० बजेदेखि ५:३० वजेसम्म ।

९. उम्मेदवारको अन्तिम नामावली प्रकाशन: २०७३ श्रावण ३१ गते साँझ ६:०० बजे ।

१०. मतदान: २०७३ श्रावण ३२ गते विहान ०७:०० बजेदेखि साँझ ७:०० बजेसम्म ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।

११. मतगणना: मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )