कुवेतका जनजातीहरुले २२औं आदिवासी जनजाती दिवस मनाए (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुवेत

IMG_0186१२ अगष्त २०१६ । “विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ २२ औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा आज १२ अगष्त शुक्रबारका दिन नेपाल जनजाती महासँघ, कुवेत शाखाको बिशेष आव्ह्वान तथा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा मनाईएको छ ।

खास गरेर ९ अगष्तका दिनलाई आदीवासी जनजातीको मुक्तीको दिवस भनेर विश्वका आदिवासी जनजातीहरुले मनाउँदै आएको भए पनी समय अनुकुलता हेरेर रोजगारिको लागि कुवेतमा रहेका नेपालका आदिवासी जनजातीहरुले आज शुभकामना आदान प्रदान तथा जलपान साथै २२औ विश्व आदिवासी दिबस मनाएका हुन ।

IMG_0011महासँघका सल्लाहाकार किरात राई यायोख्खा कुवेतको अध्यक्ष, रमेश किरातीको अध्यक्षता, एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङको प्रमुख आतिथ्यता, महासँघको कोषाध्यक्ष राजु गुरुङ स्वागत मन्तव्य महासचिव बसन्त थापा मगर र सचिव अमृत तामाङले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा कुवेतमा कृयाशिल रहेका आठवटै जनजाती संस्थाहरुको सहभागीता रहेको थियो भने जनजातीका अग्रज तथा बौद्धिक व्यक्तित्वहरु, अध्यक्षहरु लगायत आठवटै संस्थाका प्रतिनिधिहरु साथै नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार लाई अतिथिको रुपमा आसन ग्रहण गराईएको थियो ।

13987852_1370099699670144_1530479678_oहामी एउटै समाजमा बसेर सँगै हुर्केको कुनै पनि ब्राम्हण, क्षेत्रीय तथा अन्य जात या धर्मको बिरोधी नभई मात्र जातीवादको बिरोधी भएको बताउँदै मनु भुजेल मगर, अगम ब. सुब्बा, खोप गुरुङ, युग लामा, रबी चेन्जिङबो, कोसरज राइ , अमित राई,कृष्ण तामाङ, जनजाती दिवस र यसको महत्व ’bout बोलेका थिए । भने मध्य पुर्व उप संयोजक एन आर एनए धर्मराज गिरी,आईसिसी कोर्डिनेटर सुजन केसी,ले २२ औ विश्व आदिवासी दिबसको शुभकामना व्यक्त गरेका थिए।

IMG_0020कार्यक्रममा कुवेतका सम्पूर्ण जनजाती संस्थाहरुले आ-आफ्नो पहिचान झल्काउने साँस्कृतिक प्रस्तुति दिएका थिए । जसमा तमू समाजले युगल नृत्य, किरात राई यायोक्खाले साकेला सेलो नृत्य, तामाङ घेदुङले एकल तथा युगल नृत्य तमू प्ये ल्हु सँघले युगल नृत्य, याक्थुम चुम्लुङले लिम्बु च्याप्रुम नृत्य प्रस्तुत गरेका थिए ।

IMG_0034यसैगरी सम्पूर्ण आठवटै जनजाती संस्थाहरुले आ-आफ्नो भेषभुषा समेत प्रदर्शन गरेर नेपाली संस्कृति एवं राष्ट्रियतालाई झल्काएका थिए ।कार्यक्रमको -बिचमा शान्ती राई ले कविता वाचन गरे भने कार्यक्रम भब्य र सब्य पार्न को लागि हर्क मोक्तान ले जुस र पानी, सुरेश गुरुङ ले चिया, कफी,दिल माया तामाङ स्टेज ब्यानर, व्यानर डिजाईनिङ राजु गुरुङ, कार्यक्रम को हल लाई बम पुलामी ले स्पोन्सर गर्नु भएको थियो ।

IMG_0043अन्त्यमा कार्यक्रम को प्रमुख आतिथती अर्जुन तामाङ,र सभापतित्व गर्नु भएको रमेश राइ ले विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गर्नु पर्छ भन्दै कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । दिनको २ बजेबाट सञ्चालन भई साँझको ७बजे समाप्त भएको थियो।IMG_0006IMG_0023

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )