प्रबासको नेपाली समाज र खेलको महत्व


जितेन थिङ,कुबेत
1खेलकुदलाई हरेक मनुस्यको अभिन्न अंग हो भनेर भन्दा केहि अतियुक्ति नहोला र सायद कुनै पनि मनुस्य खेलकुद बिना रहन सक्दैन | सन्दर्भ कुवेतको, कुनै बखत कुवेतको नेपाली समाजमा सास्कृतिक कार्यक्रम, जातिय संस्थाको मिटिंग तथा कार्यक्रम, राजनैतिक पार्टीहरुको भात्री संस्थाको कार्यक्रमहरु, जन्मदिनको पार्टीहरु भन्दा खेलकुद अर्थात फूटबल भलिबल प्राय जसो आयोजना हुने गर्दथे र सोहार्दापूर्ण बातावरणमा समापन भै सबै नेपाली जनमानसले मनोरंजन लिने गर्दथे | ६ महिना खाडीको गर्मीको कारण खेलकुदमा कमि आएपनि बाकी ६ महिनामा सबै खेलकुद प्रेमी नेपाली जनमानसमा खेलकुदको नै चाहा हुने गर्दथ्यो | घरेलु कामदार देखि लिएर नेपाली समाजमा मानिएको गान्यमान्य तथा के डि ३०/- तलब खाने देखि के डि २०००/- तलब खाने व्यक्तिहरु, महिला दिदि बहिनिहरुको भब्य उपस्थिथिमा फुटबल वा भलिबल कार्यक्रम सोहार्दापूर्ण बातावरणमा सम्पन्न हुने गर्दथ्यो |

सबै खाले नेपाली जनमानस यस्तै मौकाको खोजिमा रहने गर्दथे या त फुटबल भलिबल कहिले हुन्छ कहा हुन्छ, कहाँ बाट खबर पाइञ्छ भनेर कान ठाडो गरेर बसिरहेका हुन्थे र त्यो अवसर कुनै पनि हालतमा गुमाउन चाहान्नथे| त्यो समयमा नेपालीहरुले यस्तो खालको अवसरलाई सुनौलो अवसरको रुपमा हेर्ने गर्दथे | कुवेतका नेपाली जनमानसले यो मौकालाई दुइ तरिकाले हेर्थे | एक खेलकुद हेरेर मनोरंजन लिने र अर्को आफ्नो आफन्तहरु संगको भेट गरेर जो टाढा टाढाबाट आएका हुन्थे र महिनौ सम्म भेटघाट भएको हुदैनथ्यो |हुन पनि कहिले भेटघाट नभएको साथीभाई संग भेटघाट हुने दिन तथा समय त्यहि फुटबल वा भलिबल ले नै सिर्जना गर्थ्यो |बेलुकी रूम फर्की सके पछि पनि आनन्दको महसुस गर्ने बातावरण यो फुटबल वा भलिबलले गरेको थियो |समग्रमा, त्यो समयमा अर्थात सन् २००० को दसकमा खेलकुद (फुटबल भलिबल) ले एउटा मध्यस्त कर्ताको काम गरेको थियो |

सन् २००० को दसकमा नेपाली जनमानस अतिनै सालिन, भद्र थियो र सबैले आ-आफ्नो तर्फबाट कसरि सरसहयोग , मान सम्मान गर्ने भन्ने भावना लिएर एक आपसमा प्रस्तुत हुने गर्थे किन कि त्यो समयमा नेपालीहरुको संख्या कुवेतमा निकै न्युन थियो र सामिप्यता थियो आत्मियता थियो | अर्को कम्पनीको साथि संग भेटघाट गर्नुको लागि सुक्रबार “मालिया पोस्ट अफिस अगाडीको चौर” मा जानु पर्छ भन्ने सोच प्रायजसो नेपालीहरुको मनमा उब्जने गर्दथ्यो र हरेक सुक्रबार मालियाको पोस्ट अफिस अगाडिको चौर नेपालीहरुले भरिने गर्दथ्यो | कुनै समय यस ठाउँलाइ अर्थात चौरलाइ नेपाली पार्क भनेर पनि भन्ने गर्दथे, नेपालीहरु |कुवैत भित्रिने प्रायजसो मान्छेलाई मालियाको ’boutमा जानकारी रहन्थ्यो र आफ्नो आफ़न्तिहरुलाइ भेट्नुको लागि त्यहि मालियामा नै बोलाउने गर्दथे |

सन् २०१० को दसकको सुरुवात संगै नेपालीहरुको चाप बढ्दै गयो, संघ संस्थाहरुको बिजारोपण हुदै गयो र विभिन्न संघसंस्थाको जन्म भयो र कुवैतको नेपाली जनमानस विभिन्न संग्संस्थामा आबद्द हुदै गए र सबै आ-आफ्नै बिचार बिमर्समा ब्यस्त रहन थाले र केहि मात्रामा भए पनि नेपाली नेपाली बिचमा वैमनस्यता र बैरी भाबको जन्म हुन गयो अनि नेपाली नेपाली बिचमा अस्वस्थ प्रतिस्पर्धाको बातावरण सिर्जना भयो जसको फलस्वरूप नेपालीहरु विभिन्न गुटमा बाधिन बाध्य भयो | नेपाली संघसंस्थाहरुले आयोजना गरेका विभिन्न सांस्कृतिक कार्यक्रम तथा खेलकुदको कार्यक्रमहरुमा अप्रिय घटनाहरु घटने क्रम पनि बढ्दै गयो र नेपालीहरु आ-आफैमा असुरक्षित महसुस गर्न थाले र असुरक्षित हुन थाले जुन सर्बदिदितै छ | नेपाली राजदुतावासको माहामहिम तथा कर्मचारीको उपस्थितिमा संचालन भएको कार्यक्रमहरुमा पनि अप्रिय घटनाहरु घटना थाले | अहिले आएर राजदुतावासले नै बिज्ञप्ति निकाली नेपालीहरुलाई कुनै पनि बृहत कार्यक्रमहरु संचालन गर्नमा रोक लगाइयो जसको फलस्वरूप अहिले आएर प्राय जसो संग्संस्थाहरुको कार्यक्रम एउटा बन्द कोठाभित्र सिमित हुन बाध्य भयो, जसलाई कुनै पनि नेपालीले सकारात्मक रुपमा लिएको देखिदैन |

यस्तै अप्रिय घटनाहरुको सिकार बन्न गयो कुवैतको खेलकुदको माहोल जुन ७५ प्रतिसत नेपालीहरुले मनपराउने गर्दछन | विभिन्न संघसस्था जसले खेलकुद (फुटबल भलिबल) आयोजना गर्दथे ति संस्थाहरु चुप लागेर बस्नु पर्ने अवस्था सिर्जना भएको छ | उदहारण दिनु पर्दा कुवैतकै सबै भन्दा पुरानो संग्स्था माउण्ट एवेरेस्ट स्पोर्टिंग क्लब, मातृभूमि नेपाली युथ क्लब, अल्घानिम सेक्युरिटी ग्रुप, स्वुइडिस कम्पनी, तमु पेल्हु संघ, मगर संघ, न्यु पाल्पा बाग्लुङ्ग टिम, चालक भलाइ कोष, नया नेपाल युथ क्लब, रेहाल युथ क्लब जस्ता खेलकुदमा चासो दिने संग्स्थाहरु चुप लागेर बसेको अवस्था अहिले कुवेतको नेपाली जनमानसले महसुस गरेको हुनु पर्दछ | यस्तै अप्रिय घटनाहरु घट्ने क्रम बढ्दै गए पछि खेलकुद क्षेत्रमा लगानी गर्ने प्रायोजकहरु पनि निरास हुदै गएको देखिन्छ | कुनै बेला यु ए ई एक्सचेन्ज, बि इ सी, सिफा अल जजिरा, मलाबर गोल्ड जस्ता ब्यबसायिक संस्थाहरु नेपालीहरुको खेलकुदको लागि लगानी गर्नको लागि आतुर देखिन्थे भने अहिले आएर उनीहरु निरास हुन बाध्य छन् |

२१औ सताब्दीको परिबेस्मा खेलकुद क्षेत्र कति सम्म अगाडी छ र संसारकै मानिसहरुले कति सम्मान पुर्बक यो क्षेत्रलाई अगाडी बढाइरहेको अवस्थामा हामी कुवैत बासि नेपालीहरुले हेला गर्नु भनेको मुर्खता मात्रै हैन महामुर्खता भन्दा सायद कसैलाई पनि अफ्ट्यारो पर्दैन होला |हुन त खेल मैदानलाई, सांस्कृतिक रंगमंचलाइ केहि उछ्रिन्कल तत्वहरुले लडाईको मैदानमा परिणत गरिदिने हुनाले नै होला दिन्दिनानुदीन खेलकुदका संग्संस्था तथा खेलकुद प्रेमी जनमानसमा नैरास्यता छाएको र स्वाभाविक पनि हो | न आयोजक सुरक्षित छ , न खेलाडी सुरक्षित छन्, न दर्सक नै, त्यस्तो माहोलमा खेल तथा कुनै सांस्कृतिक कार्यक्रम आयोजना गर्नु पनि आफ्नै खुट्टामा तातो पनि खन्याउनु जस्तै हुन गएको हरेक आयोजकले महसुस गरेको कुरा हो जुन सर्बबिदितै छ |

Advertisements

One response to “प्रबासको नेपाली समाज र खेलको महत्व

  1. राजेन्द्र tamaang

    अब त MB बोम्जन को नाम पनि हराय छ कि कसो ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )