कुवेतमा २२ औ विश्व आदिवासी दिबस १२ अगष्टमा मनाईंदै


कुबेतनेपाल डटकम

13987852_1370099699670144_1530479678_o ९ अगष्त २०१६, आफ्नो भेषभुषा र भाषा सहित सांस्कृतिक कार्यक्रम साथमा नेपाल आदिबासी जनजाती महासंघको भात्री संगठन जनजाती महासँघ कुबेतले शुभकामना आदान प्रदान तथा जलपान समारहोह साथै २२औ विश्व आदिवासी दिबस आगामी शुक्रबार,१2अगष्ट २०१६ मा मनाउने भएको छ ।

विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस् भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले आदिवासी दिवस भब्य रुपले मनाउने गरेको पाईन्छ ।

यसै अवसरमा कुवेतमा कृयाशिल रहेको नेपाल आदिवासी जनजाती महासँघले पनि २२ औं आदिवासी दिवस मनाउन भएको छ। ०६ अगष्तका दिन कुवेतको फर्वानिया स्थित सनराईज नेपाली होटलमा एक महत्वपूर्ण भेला डाकेको थियो । भेलाले , विश्व आदिवासी दिवस अगष्ट ९ तारिख परेता पनि यहाँको परिस्थिति समय अनुकुल ले गर्दा आगामी १२ अगष्तमा आदिवासी दिवस मनाउने तय गरेको छ ।

कार्यक्रममा कुवेतका बिभिन्न जनजाती संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने गीत, नृत्य, झाकी र अन्य साँस्कृतिक प्रस्तुतिहरु दिने भएका छन । सबै जनजाती संस्थाहरुलाई आफ्नो जातीय भेषभुषामा बाक्लो उपस्थिती जनाई कार्यक्रम सफल बनाउन महासँघले सम्पूर्ण जनजाती संस्थाहरुलाई अनुरोध गरेको छ ।

कार्यक्रम सम्बन्धी थप जानकारी:-
कार्यक्रम: २२ औ विश्व आदिवासी दिवस
मिति: अगष्त १२ ,२०१६ शुक्रबार
समय: दिनको ठिक २ बजे देखी
स्थान: नेपाली सभागृह फर्वानिया कुवेत
आयोजक: आदिवासी जनजाति महासंघ कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )