सुत्केरी उद्धार गर्न गएको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु [मृतकको नामावलीसहित]


08082016040855Ranjan-limbu-with-crashed-chopper-1000x0श्रावण २४, २०७३- गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदनपुर– ९ बेतिनीस्थि चुच्चे भीरमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।बिरामी सुत्केरी उद्धार गर्न काठमाडौंबाट गएको हेलिकप्टर दिउँसो साढे १२ बजेपछि दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार केन्द्रले जनाएको छ । दुर्घटनामा एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।

दुर्घटनामा चालक क्याप्टेन रञ्जन लिम्बू, स्टाफ नर्स निशा तामाङ, हेलिकोप्टरमा सँगै गएकी लक्ष्मी गुरुङ, गोरखा सिर्दिवासका कितमान गुरुङ, उनकी श्रीमती आसामी, १९ वर्षीया सुत्केरी प्रिती गुरुङ र उनका ५ दिनका नाबालक छोराको मृत्यु भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रबन्धक सुधीरकुमार चौधरीका अनुसार फिस्टेल एयरको नाइनए–एकेए हेलिकप्टर काठमाडौंस्थित त्रिभूवन विमानस्थलको कन्ट्रोल टावरसँस दिउँसो १२ बजेर ३२ मिनेटमा अन्तिम सम्पर्क भएको थियो ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )