भोजपुर सेवा समाज कुवेत द्वारा सुन्तले प्रा. बि.लाई आर्थिक सहयोग


13942228_1058167004272771_2120179837_nभोजपुर सेवा समाज कुवेत स्थापना कालदेखि नै नेपालमा भै परिआएको आपत बिपत्ति होस् वा भौतिक,आर्थिक ,सामाजिक कार्य होस् अथवा कुवेतमा भोजपुर सेवा समाज कुवेत सबै संघ संस्था र नेपाली समाज कुवेत सँग सहकार्य गरेर अगाडि बढिरहेको संस्था हो भन्दा फरक नपर्ला।स्थापना भएको छाेटाे समय देखि नै नेपालमा होस वा कुवेतमा हरेक किसिमका बिमार लागेर उपचार गर्न नसकेका बिरामीहरुलाइ होस वा आगलागी पीडितहरुलाइ अथवा भुकम्प पीडितलाई भोजपुर सेवा समाज ले आर्थिक , भौतिक रूपमा संस्थागत सहयोग गर्दै आइरहेको छ .
“आजको आवश्यकता जीवन उपयोगी ज्ञान्
गुणस्तरीय शिक्षा हाम्रो अभियान ´´
भन्ने मुल नाराका साथ कम्प्युटर शिक्षा , छात्रवृत्ति र गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै खोटाङ जिल्ला सुन्तले गाउँ बिकास समिति वार्ड न. ९, माकापुमा अबस्थित श्री सुन्तले प्रा. बि. सुन्तले बिद्द्यालयको नाममा सानो अक्षयकोष स्थापना गर्ने अभियानमा राहत सङ्कलन गर्न हामी गाउँबासीहरु लागि रहदा भोजपुर सेवा समाज कुवेत ले पनि हाम्रो श्री सुन्तले प्रा. बि. सुन्तले बिद्द्यालयको नाममा सानो अक्षयकोष स्थापना गर्नको लागि रु. ७४३४ (सात हजार चार सय चौतिस रुपैयाँ मात्र) सहयोग गर्नुभएको जानकारी भोजपुर सेवा समाजका अध्यक्ष श्री कोषराज राई ज्यु ले यस अभियानका संयोजक श्री केदार आले मगर ज्यु लाई हस्तान्तरण गर्नुभएको जानकारी गराउनु भएकोले भोजपुर सेवा समाज कुवेतका सहयोगी मन भएका सम्पूर्ण कार्यसमिति सदस्य ज्यु हरुमा आगामी दिनहरूमा पनि यस्तै ~ यस्तै सहयोगको अपेक्षा गर्दै हामी गाउँबासी दाजुभाइ , दिदीबहिनी लगायत बिद्द्यालय ब्यबस्थापन समिति परिवार भोजपुर सेवा समाज कुवेतलाई उत्तरोत्तर प्रगतिको शुभकामना सहित धन्यवाद दिन चाहन्छौं ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )