फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना


२४ साउन, काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना भएको छ ।सिर्दिवास गाविस-८ फिलिमबाट विरामी लिएर उडेको नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को जंगलमा दुर्घटना भएको पुष्टि भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताएका छन् ।उनले भने, ‘घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छैन । तर, दुर्घटना भएको भन्ने करिब-करिब पुष्टि भएको छ ।’
हेलिकोप्टरमा एक चालकसहित ६ जना सवार थिए । उनीहरूको अवस्था कस्तो छ भनेर खुलिसकेको छैन ।फिस्टेल एयरले दिएको जानकारीअनुसार नुवाकोट क्षेत्रमा आइपुगेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टर गोर्खाबाट दिउँसो १२ बजेर १० मिनेटमा उडेको थियो । १२ बजेर ३५ मिनेट जाँदा हेलिकोप्टर सम्पर्क बाहिर गएको फिस्टेल एयरले जनाएको छ ।( अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )