नेवि संघ अधिवेशनमा ‘पोखरा प्रकरण’ दोहोरिने खतरा !


विवाद मिलाउन रामचन्द्र पौडेल वाधक बनेको आरोप
nebisang_bhrikutimandap२३ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । अधिवेशनको दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । तर, यो अधिवेशन चुनाव गरेर नयाँ नेतृत्व चयन गर्ने सफल हुनेमा भने शंका छ ।महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर अहिले पनि एउटा समूह कांग्रेसको पार्टी कार्यालय सानेपामा आमरण अनसन बसिरहेको छ । र, यो नेवि संघमा अहिले देखिएको विवाद प्रभावशाली नेताहरुसम्म जोडिएको छ ।

चुनिने र टीके प्रवृत्ति

नेवि संघमा लामो समयदेखि दुई प्रवृत्ति (समूह) छ । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गगन थापाहरुको समूह अधिवेशन गरेर चुनिँदै आएको समूह हो । गोविन्द भट्टराई समूह भने अधिवेशनबाट चुनिएर आएको नेतृत्वलाई फालेर मनोनित भएर नेतृत्वमा पुग्नेहरु हुन् । र, यो प्रवृत्तिको विस्तारित रुपको नेवि संघका वर्तमान अध्यक्ष रञ्जित कर्ण । अधिवेशनबाट चुनिएर आएका प्रदीप पौडेललाई हटाएर कर्णलाई पार्टीले अध्यक्ष बनाएको हो ।

अहिले अधिवेशन गर्ने जिम्मा उनको काँधमा छ । कांग्रेसका सभापति शेरबहादुर देउवा कुनै पनि हालतमा अधिवेशन गर्ने पक्षमा रहेकाले पनि कर्णलाई दबाव छ । कर्ण स्वयंम भने अहिले रामचन्द्र पौडेल समूहका हुन् । नेवि संघका नेताहरु अहिले देखिएको विवादलाई यो पृष्ठभूमिसँग जोडेर हेर्नु पर्ने बताउँछन् ।

विवाद के हो ?

लामो समय दुई गुट रहेको कांग्रेसमा १३ औं अधिवेशनपछि तेस्रो समूहको जन्म भएको छ । यसको नेता कृष्ण सिटौला हुन् भने यसमा गगन थापा पनि जोडिएका छन् ।र, यसको प्रभाव विद्यार्थीमा पनि छ । शेरबहादुर देउवा समूहबाट नयनसिंह महर र जीतजंग बस्नेत मध्ये एक उम्मेदवार हुनेछन् भने रामचन्द्र पौडेल समूहबाट मनोजमणि आचार्य आधिकारिक उम्मेदवार बनेका छन् ।

तेस्रो समूहको नेतृत्व कुन्दन काफ्लेले गरेका छन् । र, उनकै टिमका दुई सदस्य आमरण अनसनमा छन् । ६४ जिल्लाको प्रतिनिधि छनोट परदर्शी नभएको भन्दै गणेश सापकोटा र रत्नहरि ढुंगेल दुई जना आमरण अनसन बसेका हुन् ।

नेवि संघको यो विवाद नयाँ होइन । तत्कालीन सभापति सुशील कोइरालाको समयमा पनि गणेश आमरण अनसन बसेका थिए । त्यसबेला कुन्दन र मनोजमणि संस्थापन समूहमा थिए । र, तत्कालीन उपसभापति रामचन्द्र पौडेलले नै पत्र लेखेर माग पूरा गर्ने आश्वासन दिएपछि अनसन तोडिएको थियो ।

अहिले पार्टी सभापति देउवाले जसरी पनि चुनाव गर्न चाहेपछि नेवि संघका अध्यक्ष रन्जित कर्ण र देउवा पक्षका ऋषिकेश शाह बसेर ६४ जिल्लाको प्रतिनिधि टुंगो लगाएका छन् । जसलाई कुन्दन समूहले मानेको छैन । कुन्दन समूहका अनुसार अधिकांश जिल्लाबाट फर्जी प्रतिनिधि ल्याइएको छ र आफ्नो समूहमा रहेका विद्यार्थीहरु नै ३ सय भन्दा बढी छुटेका छन् ।

यसबाहेक ११ जिल्लाको प्रतिनिधिको हकमा के गर्ने भन्ने अन्योल कायमै छ । नेताहरुका अनुसार देउवाले अनसनकारीलाई पनि समेट्ने गरी पोलिटिकल सेटलमेन्ट गर्न प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिलाई भनेका छन् ।

तर, पौडेल समूहले एकजना पनि प्रतिनिधि थप्न नहुने अडान लिएको छ । पौडेल समूहले पार्टीमा जस्तै विद्यार्थीमा सिटौला टिमको छुट्टै अस्तित्व स्वीकार गर्न चाहेको छैन ।

किन पौडेल समूहले सहमति चाहेन ?

देउवा र सिटौला समूहका नेताहरुले नेवि संघको विवाद मिलाउन पौडेल समूहले नचाहेको आरोप लगाएका छन् । यसका पछाडि उनीहरुको केही तर्कहरु छ ।

अहिलेको अवस्थामा चुनाव हुँदा नेवि संघमा पौडेल समूह जित्ने सम्भावना बलियो हुन्छ । तर, कुन्दन समूहलाई पनि सेटल गरेर जाने हो भने अधिवेशनमा देउवा र सिटौला क्याम्प मिल्ने र आफ्नो टीम हार्ने पौडेल समूहको डर छ ।

अर्को भनेको पार्टी सभापति देउवा केली लचिलो भएर पनि चुनाव गर्ने र संस्थापन पक्षको नेतृत्व हुँदा हुन नसकेको नेवि संघको अधिवेशन मैले गराएँ भनेर राजनीतिक जस लिन चाहन्छन् । तर, पौडेल समूह त्यो चाहँदैन । यदि चुनाव नभएमा आफूलाई नभई देउवालाई अपजस जाने उसको बुझाइ छ ।

र, तेस्रो कारण मन्त्री भागवण्डासँग जोडिएको छ । पौडेल समूह कांग्रेसमा कृष्ण सिटौलालाई तेस्रो धार मान्न तयार छैन । तर, अहिले नेवि संघमा उनीहरुको उपस्थितिलाई स्वीकार गर्ने हो भने पार्टीमा पनि गर्नुपर्ने हुन्छ ।
र, यसको पहिलो असर प्रचण्ड सरकारमा पार्टीले पाउने मन्त्रालयको भावगण्डामा पर्छ । पौडेल समूहले प्रचण्ड सरकारमा पार्टीले १३ पाए ६ र १२ पाए ५ मन्त्री आफ्नो समूहबाट हुनुपर्ने माग गरेको छ । तर, सिटौला समूहको अस्तित्व स्वीकार गरेको अवस्थामा यो घट्ने पक्का छ । त्यसैले पनि नेवि संघको विवाद मिलाउन रामचन्द्र पौडेल स्वयंम वाधक बनेका नेताहरुको आरोप छ ।
सम्भावित तीन विकल्प
विवादकै बीच नेवि संघको अधिवेशनको उद्घाटन आज हुँदैछ । र, नेता कार्यकर्ता काठमाडौं आइसकेका छन् । तर, प्रतिनिधिमा को-को पर्ने टुंगो छैन ।
भोलि प्रतिनिधिहरुको सूची टाँस्ने तयारी छ । यो सूचीले अधिवेशनमा ठूलो विवाद ल्याउने खतरा छ । नेवि संघका नेताहरुका अनुसार भृकुटीमण्डपमा हुने अधिवेशन पोखरा अधिवेशनको पुनरावृत्ति हुने सम्भावना बलियो छ ।
पहिलो सम्भावनाः नेताहरुका अनुसार अहिले पनि सहमतिका लागि प्रयासहरु भइरहेको छ । यदि पार्टी सभापति देउवाले चाहे अनुसार कुन्दन काफ्ले समूहलाई पनि सकेटेर जाने अवस्था आयो भने केही दिन लम्बिएर पनि अधिवेशन सम्पन्न हुनेछ ।
दोस्रोः असन्तुष्ट पक्षलाई सम्बोधन गर्ने रामचन्द्र पौडेल समूहका रन्जित कर्ण पक्षधर सहमत भएनन् र निर्देशक समितिले बहुमतका आधारमा निर्णय गरेर अघि बढ्न सक्छ । तर, पौडेल समूहले नमानेपछि अधिवेशन विथोलिने पक्का जस्तै हुनेछ ।
तेस्रोः देउवा र पौडेल समूह मिले र कुन्दन समूहलाई वेवास्ता गर्दै अघि बढ्न सक्छन् ।
यस अनुसार भोलि प्रतिनिधिहरुको सूची प्रकाशित भएपछि विरोध हुनेछ र यसले पनि नेवि संघको महाधिवेशन भाँडिने सम्भावना हुनेछ ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )