थाकथाकु माबोहांङ चेम्जोङ वंश उत्थान संघ तथर्स समिति गठन


कुबेत नेपालडटकम

13884472_1058031560918959_340440519_nअगस्ट ५ कुवेतमा लामो समय देखि विभिन्न पेशामा आबद्ध हुदै आएका चेम्जोङ् परिवारहरुले शुक्रबार पूर्ण प्रसाद चेम्जोङ्को गृह निवासमा दुर्गा चेम्जोङको संयोजकमा २७ सदस्य सहित थाकथाकु माबोहांङ चेम्जोङ वंश उत्थान संघको तथर्स समिति गठन गरेको छ !

नेपालको पुर्ब लिम्बुवानमा बसोबास गरिरहेका आदिवासी लिम्बुहरुको आफ्नो छुट्टै भाषा लिपी सस्कार- संस्कृति, धर्म र इतिहास बोकेको लिम्बु समुदायमा लासा गोत्र र काशी गोत्र तथा अनेकौ थरहरुमा बिभक्त भएर बसेका लिम्बुहरु मध्ये चेम्जोङ बंश परिवारहरु लासा गोत्र र चेम्जोङ थर भएको लिम्बू समुदाय भित्र एउटा प्रख्यात रुपमा चिनिन्छन ।

चेम्जोङ पुर्खाहरुले लेखेर राख्नु भएको बंशवलिको पान्डुलिपी र किरातोलोजिस्ट स्व. इमान शिं चेम्जोङ द्वारा लिखत किरात ईतिहासलाई अध्ययन गर्दा लगभग ३००० बर्ष पहिले सिचुवान प्रान्तको मुनाखाम्ना भन्ने ठाउमा चेम्जोङ बंशका पुर्खाहरुको बसोबास रहेको पाइन्छ। सिचुवान प्रान्तमा सुवाहाङको छोरा मुनाफेहाङ र मुक्कुमहाङ पहिला लासामा आएर त्यहाका राक्षस राजालाइ नास गरेर त्यही राज गरि बसेको थियो । बुबाको शेष पछी लाशाहाङ पछी लाशाहाङका दुई छोराहरु उवाहाङ र चाङ्वाहाङ थिए ।

उहाहाङले तिब्बत छाडि बि.स. १८१ सालमा हिमाल पार गरि ताप्लेजुङ्को मापाङ्फे भन्ने ठाउमा बसाई सरि आएको भन्ने विभिन्न बन्शावलिमा उल्लेख भएको पाइन्छ । उवाहाङले दक्षिणमा मिथिला सिमाना र उत्तरमा भोट सम्म शिमाना कायम गरि हाल इलाम जिल्ला इभाङ गा.बि.स. वार्ड न.७ चेम्फुवा (चेम्फुजङ)मा आफ्नो हिउदे राजधानी र याशोकमा बर्से राजधानी बनाइ लिम्बुवानमा राज्य शासन गरेको भन्ने ईतिहासबिदहरुको एकरुप भनाइ छ ।उवाहाङका छोरा माबोहाङ आफ्नो पिताको शेष पछी लिम्बुवानको राजशिहसानमा बिराजमान भएका थिए ।

माबोहाङ प्रजाप्रेमी थिए ।उस्को पुस्तामा पयङ्गुम्बा चेम्फुजङ्हाङ लिम्बुवानका प्रशिद्ध व्यती। उहाका दुई सन्तान जेठा लादोहाङ र कान्छा चिक्चोहाङ नामलए र प्रख्यात भए । पछी जेठा लादोहाङ कुरुले बोधे यक चौबिसमा धनकुटा गई बस्नु भयो र कान्छा चिक्चोहाङ पाँचथरको हेलाङगडमा जानु भएको भन्ने बंशावलिमा उल्लेख भएको छ। र उहाहरुको सन्तानहरु नै कालान्तरमा चेम्जोङ थरमा परिणत भएको भन्ने बंशावलिको पान्डुलिपी र इतिहासहरुले जेठा लादोहाङ चेम्जोङ र कान्छा चिक्चोहाङ चेम्जोङ दाजुभाई भएको उलेख गरिएको पुष्ठि गरेको छ । थाकथाकु – तान बुन्ने मेसिन, चेम्जोंग हाङ्गलाई सानो हुदा रानीले तान मुनि लुकाएर शत्रुबाट बचाएकोले उक्त बच्चालाई थाकथाकु हाङ्ग भनिएको हो ! बंशवलिमा चेम्जोङको पहिलो पुस्ता पयंगगुम्बा चेम्फुजंग हाङ्गलाई मानिएको छ भने चेम्जोङहरु १९ पुस्ता सम्म पुगेको छ ! यो थाकथाकु माबोहांङ चेम्जोङ वंश उत्थान संघ २०५८ सालमा गठन भएको हो !

कार्य समितिहरु

पुर्ण प्रसाद चेम्जोङ -संरक्षक
राजमान चेम्जोङ- सल्लाहकार

दुर्गा प्रसाद चेम्जोङ -अध्यक्ष
देवी चेम्जोङ -उपध्यक्ष
जितेन चेम्जोङ- महासचिव
सुरेन्द्र चेम्जोङ- सचिव
लिला चेम्जोङ् -कोषअध्यक्ष
जितु चेम्जोङ -सह कोषअध्यक्ष

सक्रिय सदस्यहरु

माल्बिका चेम्जोङ सदस्य तथा महिला प्रमुख
बिद्या चेम्जोङ
चिलेन्द्र चेम्जोङ
हाङसिङ चेम्जोङ
विमल चेम्जोङ
नरेश चेम्जोङ
माया चेम्जोङ
मालती चेम्जोङ
गंगा चेम्जोङ

साधारण सदस्यहरुमा

राज कु. चेम्जोङ
मणि चेम्जोङ
काजि राज चेम्जोङ्
बिरेन्द्र चेम्जोङ
पुर्ण चेम्जोङ्ग
शान्ति चेम्जोङ
दिपा चेम्जोङ
पुजा चेम्जोङ
शान्ति चेम्जोङ
मन कुमारी चेम्जोङ

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )