मिस +२ गण्डकी सिजन ‘२’ मा गोल्डेन क्राउन


सुदीप त्रिपाठी प्रतीक
13900669_10154408897824695_351640738_nहेमजा २०, साउन,पोखरामा नै पहिलो पटक मिस प्लस टु गण्डकी सिजन दुईको उपाधि चुम्ने विजेताको लागि गोल्डेन क्राउन राखिएको छ ।The next Entertainment Events Management को प्रस्तुतीमा हुने मिस प्लस टु गण्डकी सिजन २ को अडिसन यही श्रावण २९ गते हुने भएको छ ।
प्रतियोगितामा १६ बर्ष देखि २२ बर्ष सम्मका, ४.९ फिट देखि माथि उचाई भएका, एस. एल सी पास देखि लिएर स्नातक प्रथम बर्ष सम्ममा अध्ययनरत युवतीहरुले सहभागिता जनाउन सक्नेछन् । सहभागिताको लागि इच्छुक युवतीहरुले रेडियो हेमजा ८८.५ मेगाहज, दी भिलेज रेस्टुरेन्ट चिप्लेढुङगा, बेबी सेवा क्याफे हस्पिटल चोक, लगायतका विभिन्न ठाँउबाट फारम निशुल्क भरी आफनो नाम दर्ता गराउन सक्ने आयोजक संस्थाका याम नारायण श्रेष्ठ र प्रियंका श्रेष्ठले जानकारी दिनुभयो ।

मिस प्लस २ गण्डकी सिजन २ को उपाधी जित्न सफल विजेताले गोल्डेन क्राउनका साथमा नगद २५ हजार रुपैया, साथमा अध्ययनरत कलेजको शिक्षण शुल्कमा सत प्रतिशत छुट, फस्ट रनर अफ हुन सफल विजेताले सिल्भर क्राउनका साथमा नगद २० हजार, त्यस्तै दोस्रो रनर अफले सिल्भर क्राउनका साथमा नगद १५ हजार, त्यस्तै दशर्क च्वाईसमा ५ हजार पाउने भएका छन् भने, विजेताहरुलाई विभिन्न राष्ट्रिय स्तरमा यस्ता खालका इन्भेटमा सहभागिता जनाउन पाँउने, कम्युटर, फेसन डिजानिड्ड लगायतका विभिन्न विद्याका कोषहरुमा विशेष छुट उपलब्ध गराइने, सिजन २ को उपाधि चुम्न सफललाई मिस नेपाल कल्चर २०१७ को लागि सहभागी हुन कुनै प्रशिक्षण शुल्क तिर्न नपर्ने, मोडल कोयस्ट इन्टरनेशनल नेपाल २०१७ मा सहभागिता जनाउन पाउनुका साथै विभिन्न म्यूजिक भिडियोहरुमा अभिनय, पत्रपत्रिका तथा एफ रेडियोहरुमा अन्र्तवार्तालगायत विविध कार्यक्रममा सहभागिता गराइने र विभिन्न आर्कषक उपहारहरु प्रदान गरिने The next Entertainment Events Management का रोहन्सु ले जानकारी दिनुभयो । साथै अडिसनमा सहभागी हुने प्रतियोगिहरुको लागि प्रतियोगिहरुले पढ्ने कलेज सँग सहकार्य गरी २५ प्रतिशत शिक्षण शुल्कमा छुट दिलाइने लगायतका अवसरहरु प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा मिडिया पार्टनरमा Radio Hemja 88.5 Mhz ,Pokhara F.M, Aadarsha Samaj National Daily, Mainkhabar.com रहेका छन् त्यसैगरी
OfficialOnlinePartnerमाGlamorous.com,www.kuwaitnepal.com,www.nepalkuwait.com,cityof7lakes, hamrosanchar रहेका छन् । त्यसैगरी अनलाईन एडभटाईजिड्डमा Eshmee Media advertising रहेका छन् । फोटोग्राफी तर्फSS Photo Production & S2 production रहेको The next Entertainment Events Management का विपिन श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमको मुख्य भूमिकामा SongsNepal रहेको छ । कार्यक्रममा फेसन डिजाइनिड्ड प्रतियोगिता २०१६ हुने डिजाइनर प्रतियोगितामा सेलिबे्रटी राउण्ड, नेपाली कल्चर, कक्टेल डे«स गरी यी विभिन्न आधारमा प्रथम विजेताले चयन गरिने जसमा म्यागेजिन फिचर, कभर सुट, र नगद पुरस्कार , नेपाल फेसन सोमा समावेश हुन पाउने डिजाइनर अमित बरालले जानकारी दिनुभयो । ँFortune Events ले यस अघि २०७२ मा गरेको सिजन १ मा सुनिता पुनले उपाधि जितेकी थिइन भने फस्ट रनर अफमा सुम्निमा लिम्बु, दोस्रो रनर अफमा कोमल गुरुड्ड र दर्शकको च्वाईसमा सृष्टि गुरुड्डले उपाधि चुम्न सफल भएकी थिइन् ।
विस्तृत जानकारीको लागि सम्र्पक ः ९८२६१८८९९२, ९८१४१११९७५.

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )