ने.बि संघको ११औं माहाधिवेशनमा सामुदायिक क्याम्पस बाट केन्द्रिय सदस्यमा उपेन्द्र मिश्रले दिए उमेदवारी।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13940952_1089456414468660_389200940_nनेपाल बिद्यार्थी संघको आसन्न ११औं माहाधिवेशनमा नेपाल बिद्यार्थी संघमा आबद्ध बिद्यार्थीहरू बीच निकै नै चहल पहल बढि रहेको छ।अब बिधार्थी संघमा संघको नेतृत्व कसको मातहातमा जाला भनेर सबैले आआफ्नो तवरबाट बिचार बिश्लेषण गरी रहेका छन।संघको नेतृत्व असल व्यक्तिको काधमा जाओस भनेर सबैले आशा पनि गरी रहेका छन।यसै माहौलको सेरोफेरोमा नेपालको बिद्यार्थी राजनितिमा छुट्टै किसिमको पहिचान बनाउन सफल नुवाकोट जिल्लामा जन्मिनु भएका बिधार्थी नेता उपेन्द्र मिश्रले सामुदायिक क्याम्पसबाट नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्यमा आफ्नो उमेदवारी दर्ता गराएका छन।

13942273_1089456441135324_1684291519_nनेपाली कांग्रेस पार्टीको चार तारे झण्डा र बीपी कोईरालाले प्रतिपादन गर्नु भएको राष्ट्रियता ,प्रजातन्त्र र समाजबादको लक्ष्मण रेखा भित्र अनुबन्धित भई आफ्नो जीवनको कलिलो उमेर १५/१६ बर्ष देखि नै नेपालको राजनितिको परिधिमा बाधिएर छुट्टै पहिचान वनाउने सोच लिएर बिद्यार्थी जीवनको काल खण्डमा ने.बि.संघबाट नेपालको राजनितिमा होमिनु भएका मिश्रले बिद्यालय पढ्दा देखि नै राजनिति प्रति लगाब राख्दै नेपाल बिद्यार्थी संघमा आबद्ध भएर पदीय जिम्मेवारी काहाँ र कुन समयमा गर्नु भएको थियो भन्ने ’bout प्रष्ट पारीएको छ।
-अध्यक्ष अमरज्वति माध्यमिक बिद्यालय नुवाकोट खरानीटार इकाई-२०५९
-अमरज्योति क्याम्पस इकाई अध्यक्ष
-ने बि संघ क्षेत्रीय उपाधक्ष्य नुवाकोट क्षेत्र नं २
-ने बि संघ क्षेत्रीय संयोजक नुवाकोट क्षेत्र नं २
-ने बि संघ तदर्थ समिति सदस्य जिल्ला कार्य समिति नुवाकोट।
-स्व बि यु सदस्य ग्रामिण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपालटार काठमाडौँ।
– ने बि संघ एकाई सचिब एबम कार्य बाहक अध्यक्ष ग्रामिण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपालटार काठमाडौँ।
-केन्द्रिय सदस्य स्व बि यु परिषद नेपाल।
-कार्य बाहक स्व बि यु सभापति ग्रामिण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपालटार काठमाडौँ।
नुवाकोट जिल्ला ७२ सालको भूकम्पको चपेटामा पर्दा भूकम्प पीडितहरूलाई उद्धार गर्ने देखि लिएर राहत सामग्री बाड्न पनि प्रत्येक गाउँ गाउँमा पुग्नु भएको थियो भने त्यसरी नै जिल्ला भित्र बार्षिक कार्य योजना बनाई हरेक बर्ष हाजिर जवाफ प्रतियोगिता,चित्रकला,भलिबल,बक्तृत्वकला प्रतियोगिता,कबिता गजल, बिधालय सरसफाई आदी ईत्यादी कार्यहरूमा पनि गहन भूमिका निवारण गर्दै आई रहनु भएको छ।
नेपाल बिद्यार्थी संघमा अनवरत रूपमा लागि परी रहेका उपेन्द्र मिश्र नेपाली कांग्रेस पार्टी प्रति पनि त्यतिकै तन मन र बचनले सक्रिय रूपमा उदाहरणीय कामहरू गर्दै आई रहनु भएको छ।नेपाल बिधार्थी संघको आसन्न ११ औं महाधिवेशनको पूर्व सन्ध्यामा उपेन्द्र मिश्र संग जिज्ञासा राख्दा अब आउँदा दिनहरूमा संघलाई अहिले स्थितिमा भन्दा पनि उच्चतम तवरबाट सबै तह र तप्काका बिभिन्न जिल्लाबाट नेतृत्व गरी रहेका ने.बि.संघका पदाधिकारीहरूलाई मिलाएर लैजान सकेको खण्डमा संघ बलियो हुनुको कुनै बिकल्प नै छैन साथै मिलाएर लैजानु पर्छ भन्ने मान्यता पनि राख्नु हुन्छ।यदि ११ औं माहाधिवेशनमा सामुदायिक क्याम्पसबाट केन्द्रिय सदस्यको जिम्मेवारी पाएको खण्डमा नेपाली बिधार्थी संघको मेरूदण्ड नै भई बिद्यार्थीहरूको लागि अहोरात्र खटिएर काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।

नेपाल बिद्यार्थी संघको ११औं माहाधिवेशनमा सामुदायिक क्याम्पसबाट केन्द्रिय सदस्यमा उमेदवारी दिएको हुँदा आफूलाई अमुल्य मत दिई विजय गराई दिनु हुनका लागि नेपाली कांग्रेसका भातृसंगठन नेबि संघका सम्पूर्ण सदस्यहरूलाई हार्दिक अपिल गर्नु भएको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )