नेपाल आमा ९/९ महिनाको अन्तरालमा प्रधानमन्त्री जन्माउन बिबश छिन।


 कर्ण बहादुर अधिकारी मकाउ,चीन।

13706082_1073287149418920_1732930344_nप्राकृतिक सौन्दर्यले भरीपूर्ण भएकी नेपाल आमाको स्याहार सुसार गर्ने कोहि नहुँदा कता कता आकाशमा कालो बादलले छाए झै मलिन अनुहार बनाएर बाच्नु शिवाय अरू केहि छैन।आफ्नो मुहारलाई जति नै हसाउने प्रयत्न गर्दा पनि न त यिनी दिलै खोलेर हास्न सक्छिन न त दिन दिनै रोएर नै बस्न सक्छिन।सधै भरी दुई तिरका छिमेकीहरूको गिद्धे नजरमा मात्र परी रहेकी छिन।मौका पायो भने तिनीहरूले एक रति पनि छाड्ने छैनन् यसरी आफूले आफ्नै रक्षा गर्नुकी ९/९ महिनाको अन्तरालमा प्रधानमन्त्री जन्माई रहनु एउटा जन्मिने बित्तिकै अर्को गर्भमा बोकी हाल्नु पर्ने अबस्था अनि कसरी होलीन सधै भरी रसिली अनि पोषिली बिचरी प्रधानमन्त्री जन्माउँदा जन्माउँदै शरीर नै खोक्रो अनि जिर्ण बनाई सकेकी छिन। मिति २०७३ साल श्रावण १९ गते सम्ममा ३९ वटा प्रधानमन्त्रीहरूलाई जन्म दिई सकेकी छिन।कुनै कुनैले त २ पटक भन्दा पनि बढी प्रधानमन्त्री भएर जन्मने अबसर पाए तर ती जन्मिएकाहरूले आमालाई कति प्रशब पीडा भयो होला भन्ने कुराको ख्याल सम्म पनि गर्न सकेनन् पाए सम्म सके सम्म अमृत रस सम्झेर नेपाल आमाको लाम्टा चुसी नै रहे।कहिले राणा शाशन र प्रजातन्त्र,कहिले पंचायति ब्यबस्था र बहुदलीय ब्यबस्था,कहिले लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाममा नेपाल आमाको आम रसमा डुबुल्की मारी नै रहे।कसैले पनि सोचेनन् आमालाई हासी खुशी राख्नु पर्छ भनेर केवल आफ्ना ’boutमा मात्र सोची रहे।आफ्नो सन्तान जस्तो सुकै भए पनि आमाको माया बराबरी हुन्छ भन्ने ’bout सन्तानले ख्याल गर्नु पर्ने थियो तर त्यस्तो कतैबाट पनि भएन।सबै आफ्नै स्वार्थमा लीन भएर अगाडी बढी रहे।जातीय पहिचान भन्दै जातीय पहिचान सहितको संघीयताका लागि आमाको काखमा रगतको होली नै खेले।भाई भाईमा मारकाटको वातावरण सृजित गरे यस्तो हुँदा पनि नेपाल आमा मुक दर्शक बनी टुलु टुलु हेरी रहिन। नेपाली जनताहरूलाई परीवार नियोजनका ’boutमा जानकारी गराउँदा प्रत्येक ५/५ बर्षको अन्तरालमा बच्चा जन्मायो भने आमा र बच्चा दुबैको स्वास्थ राम्रो हुन्छ भन्थे तर नेपाल आमाले नचाहदा नचाहदै पनि ९/९ महिनाको अन्तरालमा प्रधानमन्त्री जन्माउन काहाँको रहर थियो र यो त उहाँको बिबशता हो उहाँलाई यो हालतमा ल्याउन नेपालको संसदीय प्रणालीले नै बाध्यता बनाई दिएका हुन।भन्ने बेलामा संसारकै सबै भन्दा राम्रो शाशन प्रणाली नेपालको भन्छन तर ब्यबहारमा त त्यस्तो देखिएन।कम्से कम ५/५ बर्षको अन्तरालमा प्रधान मन्त्री जन्माउने माहौल सृजना गरेको भए त नेपाल आमा यति जिर्ण अबस्थामा त रहने थिईनन्।त्यसैले नेपाल आमा तपाईले साहस गर्नु पर्छ अब ९/९ महिनामा प्रधानमन्त्री जन्माउने होईन ५/५ बर्षमा जन्माउनु पर्छ यसो गर्यो भने तपाईलाई पनि राम्रो साथै जन्मिनेलाई पनि तर दुर्भाग्य प्रचण्ड प्रधान मन्त्री भएर जन्मने बित्तिकै नेपाल आमाले गर्भबति हुनु पर्यो।अब आउँदो प्रधानमन्त्री कस्तो जन्मिएला भन्नका लागि ९ महिना कुर्नु पर्ने छ।नेपाल आमालाई साथ दिनका लागि जो राष्ट्र र राष्ट्रियताका ’boutमा दिन रात चिन्तित भएर बसी रहेका छन तिनीहरू सबै एक जुट भएर अगाडी बढ्नु पर्दछ। धन्यबाद।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )