माओवादीले तीन नेतालाई सरकारमा पठाउने, महरा उपप्रधान एवं अर्थ मन्त्री बन्ने पक्का


mao_meeting२० साउन,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रचण्ड सरकारमा उपप्रधान एवं अर्थ मन्त्री बन्ने भएका छन् ।माओवादी अध्यक्ष प्रचण्ड कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् र बिहीबार ३ बजे सपथ लिने कार्यक्रम छ ।सपथ लगतै प्रचण्डले सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् । पहिलो चरणमा माओवादीबाट तीन मन्त्री बन्ने छन् । माओवादी केन्द्रीय कार्यालयको बिहीबार विहान बसेको बैठकले तीन मन्त्री बनाउने निर्णय गरेको हो ।
तर, नाम टुंगो लाग्न बाँकी छ । माओवादी उच्च स्रोतका अनुसार महरा उपप्रधान एवं अर्थ मन्त्री बन्ने पक्का भइसकेको छ । अन्य नेताहरुको नाम भने तय भइनसकेको एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गर्नेछन् । त्यो छलफलले मन्त्रालयको टुंगो लगाएपछि मन्त्रीहरुको नाम तय गरिने नेताहरुले बताएका छन् ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )