प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता


बसन्त बस्नेत, काठमाडौं
तीन बुँदे सहमतिपछि मधेसी मोर्चाको समर्थन दाहाललार्इ
प्रस्तावकमा कांग्रेस सभापति देउवा
31072016082642Prachand_at-Parliament-(2)-1000x0श्रावण १८, २०७३- नेकपा माओवादी(केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अगाडि संसद सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कांग्रेसका सभापति शेरबहादुर देउवा छन् । समर्थकमा माओवादी नेता कृष्णबहादुर महरा छन् ।
मोर्चाको समर्थनपनि दाहाललाई
दाहालले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको समर्थन पनि पाएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमालोपा नेता सर्वेन्द्रनाथ शुक्ल र सदभावना नेता लक्ष्मणलाल कर्णपनि दाहाललको उम्मेदावरीको समर्थक बसेका छन् ।
सदभावना नेता कर्णले कांग्रेस र माओवादीसँग आफूहरुको मागका विषयमा तीन बुँदे सहमति भएका आधारमा दाहालको उम्मेदवारीलाई समर्थन गरेको सरकारमा भने नजाने बताएका छन् ।

यस्तो छ गठबन्धनसँगको ३ बुँदे सहमति
१) अब बन्ने सरकारलेे मधेसी मोर्चाको आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई क्षतिपूर्ति लगायतका संघीय गठबन्धनका पूर्व शर्तालाई कार्यान्वयन गर्ने ।
२) सरकारले मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदेको आधारमा राजनीतिक सहमति खोज्दै संविधान संशोधन प्रस्ताव संसदमा लैजाने ।
३ं) मधेसी मोर्चा र गठबन्धनले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गर्ने ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )