जंग बहादुर राणाको जस्तो आट, राजा महेन्द्र र मरिचमान जस्तो राष्ट्रबादी नेताको खाँचो छ नेपालमा


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
Untitled-1देशको नाजुक र दयनीय अवस्था देखेर भन्न र लेख्न मन लाग्यो किन फेरी नेपालमा अर्को जंग बहादुर जन्मिएन भनेर।नेपालको राजनिति ईतिहासलाई नियालेर हेर्ने हो भने फेरी नेपालमा भण्डार खाल पर्व र कोतपर्व जस्ता काण्डहरूको आवश्यकता पर्दैन भन्न सकिदैन।किनकी २०४६ साल देखि २०७३ साल सम्मको राजनिति परिबेशमा जे देखियो जे भोगियो अवश्य नै एउटा सर्वसाधरण नेपाली नागरिकको हैसियतमा अवलोकन गर्दा देश बिकास तिर उन्मुख नभई उधो गति तिर लम्कदै छ भन्ने लाग्दछ।

म राजनिति पार्टी प्रति आस्था राख्ने नागरिक हुनाले मलाई राजनितिमा चासो लाग्नु स्वभाविकै हो तर बेला बेलामा नेपालको राजनिति भित्र हुने फोहरी घटनाक्रम देख्दा आफूले आफैलाई धिक्कार्ने गर्दछु।आफैले आफैलाई प्रश्न गर्छु किन नेपालमा एउटा राष्ट्रवादी नेता फेरी जन्मन सकेन भनेर ? देशमा बुद्धिजिबी बर्ग पनि नभएका होईन तर किन आज ती बर्गका व्यक्तित्वहरूको भावना र विचारलाई कदर गरिदैन ? नेपालको राजनिति घटनाक्रमलाई नियाल्दा यो निष्कर्षमा पुगे कि यहाँ सवैलाई चाहिने प्रधानमन्त्री र मन्त्री पद नै रहेछ किनकी जीन्दगी भरीमा राजनितिमा दिएको योग्दान र लगानी सवै एकै चोटी मन्त्री र प्रधानमन्त्री भए पछि उठाउने सोच हुनाले माथिल्लो ओदाहमा पुगे पछि २/४ महिनामा नै करोडौ को भष्ट्रचार गर्न पुग्दछन र आफुलाई पुग्ने कमाउछन आखिर नेपालमा राजनिति गर्नुको अर्थ नै यहि रहेछ भन्ने वुझियो हिजोका दिनमा चप्पलमा कुदने हरूको रातारात करोडौ मुल्यको वंगला बन्दा नै अनुमान गर्न सक्छौ।यस्तो सोच लिएर राजनिति दलका नेताहरू अगि बढ्नाले नेपालमा भष्ट्रचार वढ्न गयो।अब तपाईहरू नै भन्नु होस कसरी देशको विकास हुन्छ?जव सम्म राजनितिकर्मीहरूको सोचमा परिवर्तन हुदैन तब सम्म देशले निकाश पाउदैन। यिनीहरूलाई समाजमा नाम भन्दा पनि दाम चाहिएको छ हिजोको दिनमा भोट दिएका जनताको के वास्ता ?

मुखले त जे पनि भन्छन यीनीहरू मुखले सिंगापूर र स्वीजरल्याण्ड वनाउछु भन्नेहरूको पनि हविगत देखियो त्यसैले अव नेपाली जनताले कसको विश्वास गर्ने?अनि कुन पार्टी प्रति आस्था राख्ने ? यति सानो देशमा पार्टी भने १३० भन्दा बढी नै दर्ता भएको छ।काम कसैले गर्ने होईन सवैलाई पद चाहिएको छ जनताले चित्त बुझाउने ठाउँ चाहि काहाँ निर छ त ? तपाईहरू आफै अनुमान लगाउन सक्नु हुन्छ विगतमा माओवादीको १० वर्षे जनयुद्धमा जुन आश्वसन दिएर युद्ध लडाए आज त्यहि युद्धका नायक नै माओवादीवाट आजित भएर पार्टी परित्याग गर्न पुगे साधरण सदस्य पनि नरहने गरी माओबादी परित्याग गरेर नयाँ शक्ति पार्टी स्थापना गरी छाडे तसर्थ राजनितिमा जे पनि हुन्छ सक्छ भन्ने बुझ्न जरूरी छ।

माओवादीको १० वर्षे जनयुद्धलाई भारत लगाएत पश्चिमाहरूले ठूलो सहयोग गरेका थिए बिगतमा तिनीहरू नेपाललाई शान्त भएको देख्न चाहदैन थिए र माओवादीलाई जातीय र वर्गीय नारा दिएर अगाडी बढ्न लगाए जब माओवादी शान्ति वार्तामा आयो त्यस पछि पनि भारतले ठुलो खेल खेल्दै आई रहेको छ। जव नेपालमा संविधान बन्ने तर्खरमा थियो र बन्यो पनि तब भारतले सोझा साझा मदेशीहरूलाई हक हितको लागि आफ्नो अधिकार सुनिश्चित गर भन्दै आन्दोलन गर्न उक्साए पश्चात तराईमा ५० जना भन्दा बढी मानिसहरूको जीवनको इहलिला समाप्ति पारी दिए।संविधानमा असन्तुष्टी जनाउदै भारतले नाकावन्दी लादयो नेपाली जनता नाका वन्दीको मार खेप्न बाध्य भए।एउटा सच्चा ईमान्दार र मित्रराष्टको दृष्टीकोणले भारतले नेपाललाई हेर्थ्यो भने यस्तो स्थति सृजना हुने थिएन।

एउटा सार्वभौम सम्पन्न राष्ट्रले संविधान वनाउदा भारतलाई किन टाउको दुखाई?नेपाल भारतको उपनिवेश त होईननी त्यसैले भारत हाम्रो छिमेकी राष्ट्र हो उसले हामीलाई छिमेकीको दृष्टीले हेरोस ताकि प्रभुत्व जमाउने किसिमले होईन अनि हाम्रा नेताहरू देख्दा पनि टिठ लागेर आउछ हुनत टिठ पनि किन नलाग्नु भो यिनीहरूको कुरै नगरू हग्नेलाई भन्दा देख्नेलाई लाज भने झै।बहुदलीय ब्यबस्था लागु भए यता २६ बर्षको दौडानमा २५ औं पटक सरकार परिबर्तन हुँदै छ।प्रत्येक पटकको सरकार परिबर्तनमा केहि न केहि हात भारतको पनि छ।नेताहरू प्राय सबै भारतको कुरा सुन्छन।नेपालका ३८ औं प्रधानमन्त्री केपी ओली सरकार ढाल्न पनि भारतले नै रोल खेल्यो।मरीचमान पछि राष्ट्रबादी नेताको रूपमा केपी ओलीले राष्ट्रबादी भूमिका निबारण गर्न कोशीश गर्दै थिए तर बिचमा नै अबरोध खडा गरी दिए।अब ३९ औं प्रधानमन्त्री कमरेड प्रचण्ड बन्ने पक्का पक्की नै भई सकेको छ।

यदि नेपालमा परिवर्तन नै ल्याउन चाहने हो भने नेपालका राजनितिक दलहरूमा जंग वहादुर राणाको जस्तो आट, राजा महेन्द्र र मरिचमान जस्तो राष्ट्रवादी नेता जन्मिन जरूरी छ। तपाईहरू कसैमा आट छ यस्तो माहोल सृजना गर्न ? तासमा सवै भन्दा ठुलो एक्का भए पनि बास्साको भुमिकाको वारेमा भुल्नु हुदैन त्यसैले यस्ता कुराहरूलाई मनन गर्न जरूरी छ।नेपालको २०७२ सालको संविधान निर्माण गर्दा जनताको विचार र भावनाको कदर गरिएन प्रधान मन्त्री चयनका लागि जनताले नै भोट दिएर चयन गर्न पाउनु पर्थ्यो तर यस विषयमा नै बन्देज लगाई दिए।अब हरेक पल हरेक क्षणमा हामी नेपाली जनता जागरूक हुनु पर्दछ।देशलाई समुनत बनाउन तपाई हाम्रो योगदानको पनि जरूरी पर्ने हुँदा हामीमा चेतनाको बिकास हुन जरूरी छ।आशा गरौ आउँदा दिनहरूमा पक्कै पनि राष्ट्रलाई र जनतालाई माया गर्ने राष्ट्रबादी नेता हामीले पाउने छौ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )