Daily Archives: 02/08/2016

जंग बहादुर राणाको जस्तो आट, राजा महेन्द्र र मरिचमान जस्तो राष्ट्रबादी नेताको खाँचो छ नेपालमा


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
Untitled-1देशको नाजुक र दयनीय अवस्था देखेर भन्न र लेख्न मन लाग्यो किन फेरी नेपालमा अर्को जंग बहादुर जन्मिएन भनेर।नेपालको राजनिति ईतिहासलाई नियालेर हेर्ने हो भने फेरी नेपालमा भण्डार खाल पर्व र कोतपर्व जस्ता काण्डहरूको आवश्यकता पर्दैन भन्न सकिदैन।किनकी २०४६ साल देखि २०७३ साल सम्मको राजनिति परिबेशमा जे देखियो जे भोगियो अवश्य नै एउटा सर्वसाधरण नेपाली नागरिकको हैसियतमा अवलोकन गर्दा देश बिकास तिर उन्मुख नभई उधो गति तिर लम्कदै छ भन्ने लाग्दछ। पढ्नेक्रम जारी राख्नुहोस्

मलेसिया र खाडीका ५७ कम्पनीमा कामदार पठाउन रोक


नवराज ढकाल
57a0033adc40d1.87970156काठमाडौं: सरकारले मलेसिया र खाडी मुलुकका ५७ वटा कम्पनीमा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको छ । कामदारलाई बिचल्लीमा पार्नेक्रम चुलिएपछि ती कम्पनीमा सधैंका लागि कामदार पठाउन बन्द गरिएको हो । कागजमा आकर्षक तलबसुविधाको आवश्वासन दिने तर व्यहारमा त्यस अनुसार कार्यान्वयन नगरेका दर्जनौं उजुरीका आधारमा सरकारले यी कम्पनीमा कामदार पठाउन रोकेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीमा एमालेले उम्मेद्वारी नदिने, प्रचण्डको विपक्षमा मतदान गर्ने


१८ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेद्वारी नदिने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकबाट एमालेले प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिने निर्णय गरेको हो ।प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिए पनि प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने एमाले स्थायी कमिटीको निर्णय छ ।पार्टीको निर्णय’bout जानकारी दिँदै एमाले उपमहासचिव विष्णु पौडेलले अनलाइनखबरसँग भने, ‘हामीले प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता


बसन्त बस्नेत, काठमाडौं
तीन बुँदे सहमतिपछि मधेसी मोर्चाको समर्थन दाहाललार्इ
प्रस्तावकमा कांग्रेस सभापति देउवा
31072016082642Prachand_at-Parliament-(2)-1000x0श्रावण १८, २०७३- नेकपा माओवादी(केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अगाडि संसद सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कांग्रेसका सभापति शेरबहादुर देउवा छन् । समर्थकमा माओवादी नेता कृष्णबहादुर महरा छन् । पढ्नेक्रम जारी राख्नुहोस्