बिबाद रहित अधिबेशन गराउन प्रदिप पौडेल अब्बल साबित जहाँ पुगे पनि सर्ब सम्मत चयन।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
IMG_0214नेपाली कांग्रेस पार्टीको निति,बिचार,बिधान,मुल्य र मान्यतालाई आत्मसात गर्दै बीपी कोईरालाको अनुयायी भएर बिद्यार्थी जीवनबाट राजनितिमा होमिएका पौडेल नेबि संघमा नेतृत्व दायी भूमिका निवारण गर्दै १३औं महाधिवेशन पश्चात नेपाली कांग्रेस केन्द्रिय सदस्यमा हुनु हुन्छ।१३औं महाधिवेसनमा खुल्ला तर्फको केन्द्रिय सदस्यमा उमेदवारी दिएका पौडेल अत्याधिक मत ल्याई बिजयी भएका थिए।नेपालको राजनिति पृष्ठभूमिमा छुट्टै किसिमको पहिचान बनाउन सफल पौडेलको बिद्यार्थी राजनिति देखि नै लिडरशीप गरेर संघ संगठनलाई नेतृत्वदायी भूमिका निवारण गर्न सक्ने क्षमताबान ब्यक्तित्व भएकै कारण यिनी एकाएक लोक प्रिय बन्न पुगे।नेपाली कांग्रेस भित्र महान हस्ति हुँ भन्ने हरूले १३औं महाधिवेशन अगाडी धेरै लामो समय देखि मिलाउन नसकेको क्रियाशील सदस्यताको बिबाद यिनले सहज र सरल तवरबाट समाधान गरी दिए।तराईका केहि जिल्ला र लम्जुङ जिल्लामा आफ्नै पहलमा क्रियाशील समस्या समाधान गरेका थिए।

आँखामा हाले पनि नबिझाउने किसिमका यूवा नेता हुन प्रदिप पौडेल।पौडेल नेपालमा मात्रै होईन नेपाल बाहिर रहेका नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समितिमा आबद्ध रहेका कांग्रेसीहरूको माझ पनि त्यतिकै लोक प्रिय छन।अरू नेताहरू जादाँ प्राय बिबाद हुने जनसम्पर्क समितिको अधिवेशनमा यिनी भने जुन देशको जनसम्पर्क समितिहरूको अधिबेशन गराउन गए पनि त्यहाँ एकदमै सौभाद्र पूर्ण तवरबाट सर्व सम्मत किसिमले नयाँ कार्य समिति चयन भएका थुप्रै उदाहरण छन।पौडेलले चीनमा समेत नेपाली जनसम्पर्क समिति स्थापना गराउन सफल भएका छन।चीनको गोन्जाउ सिटीमा पनि १ बर्ष पहिले यिनकै प्रतिनिधित्वमा जनसम्पर्क समितिको अधिबेशन सम्पन्न भएको थियो।त्यस्तै मकाउमा र यहि मिति १०१६/७/२९ तारीकका दिन कुवेतमा पनि केन्द्रिय प्रतिनिधिको भूमिका निवारण गर्दै दोस्रो अधिवेशन सर्व सम्मत नयाँ कार्य समिति चयन भई सम्पन्न गराएका थिए।प्रदिप पौडेल जहाँ पुग्छन त्यहाँ एकदमै लोक प्रिय हुन्छन।

नेपाली कांग्रेसका यूवा नेता प्रदिप पौडेल नेतृत्वदायी भूमिकामा अब्बल छन।यी यूवा नेता भनेका नेपाली कांग्रेस पार्टीको खम्वा हुन।नत यी खम्बालाई कसैले ढाल्न सक्छ न त आफै नै ढल्छन।पौडेल पार्टीको मात्र नभई सिंगो राष्ट्र र नेपाली जनताको आशाको दीयो साथै धरोहर हुन।तसर्थ अब आउँदा दिनहरूमा पनि पौडेलले हरेक कार्यहरू गर्दा पार्टीका माहन हस्तिहरूसंग सहकार्य गरी अगाडी बढ्न जरूरी छ।बीपीको समाजबादलाई २१औं शताब्दीमा पनि नेपाली जनताको मन जित्ने किसिमबाट अगाडी बढाउनु पर्दछ।प्रदिपका कारण नै नेपाली कांग्रेस र कांग्रेसीहरूको भबिष्य उज्जल रहि रहने छ।
जय नेपाल।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )