मकाउमा रहेका नेपाली संघ संस्थाहरूले ९ बुदे ज्ञापन पत्र हंगकंग बाणिज्य दुतलाई बुझाएको छ।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13875126_1083314945082807_626875731_nगैर आवासीय नेपाली संघ मकाउले मिति २०१६/७/२७ तारीकका दिन आयोजना गरेको बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा मकाउमा रहेका नेपालीहरूको समस्याहरूलाई संयुक्त रूपमा ९ बुदे ज्ञापन पत्र तयार गरी मकाउमा रहेका नेपाली संघ संस्थाहरूले हंगकंग महाबाणिज्य दुतावासका माहावाणिज्य दुत श्री कमल प्रसाद भट्टराईलाई बुझाएको छ।ज्ञापन पत्र पूर्ण पाठ सहित यस प्रकार छन।
13672490_1083315178416117_121284248_nहाम्रो छिमेकी मुलुक चीनको स्वशासित क्षेत्रको रुपमा चिनिएको सानो,सुरक्षित,व्यवस्थित एवं पर्यटकीय क्षेत्र मकाउ मा सन १९९६ देखि नेपालीहरू कामदारको रूपमा आउन थालेको हुन । हाल आएर नेपालीको संख्या ४५०० जति पुगेको छ। बिभिन्न पेशामा कार्यरत नेपालीको समस्या भने मकाउमा ठुलो रूपमा नदेखिए पनि महत्व पूर्ण साझा समस्या भने अझै पनि यथावत नै छन जसमा हामी मकाउमा रहेका बिभिन्न संघ,संस्था, र व्यक्तिहरूको अनुभव र हाम्रो भोगाईको आधारमा केहि समस्याहरूलाई बुदागत रूपमा प्रस्तुत गर्न गई रहेका छौ।आशा छ नेपाल सरकारको प्रतिनिधिको रूपमा रहेको नेपाली महाबाणिज्य दुताबास हंगकंगले हाम्रा लिखित एबम मौखिक मागहरुलाई सम्बोधन एवं कार्यान्वयनमा ल्याउने छ भन्ने कुरामा बिश्बस्थ छौ । लिखित र मौखिक रूपमा यस्ता आवाजहरू समय समयमा उठ्दै नै आइरहेका हुन् तर पनि नेपाल सरकार पक्षको फितलो प्रस्तुतिका कारण कुनै ठोस परिणाम भने आउन सकेको छैन।
13866709_1083315015082800_1684339919_nतपाई श्री कमल प्रसाद भट्टराई ज्यू महाबाणिज्य दूत जस्तो गरिमामय पदमा न्युक्ति भएर आए पछि केहि सुधारका कामहरू गर्नु हुनेछ भन्ने आशा एवं भरोसाका साथ साथै हामी सम्पूर्ण मकाउ बासीको तर्फबाट साझा धारणा बनाई महाबाणिज्य दुतावासमा अपील सहित शीघ्र समाधानको अनुरोध गर्दछौ ।बुदागत रूपमा समस्याहरूलाई प्रस्तुत गरिएको छ :-
(१) मकाउमा कार्यरत नेपालीहरू जो घर बिदामा हंगकंग हुदै नेपाल जादा हंगकंग बाहिर नगए पनि ट्रान्जिट भिषा लिन आवश्यक छ र नेपालीहरूलाई भनेको समयमा आफ्नो देश जान नपाउनु र भिषाको लागि ३-४ हप्ता पहिला नै आवेदन दिनु पर्ने र आकस्मिक जानु परेमा अझै ठुलो समस्या छ। मकाउमा कार्यरत नेपालीको डकुमेन्ट हेरेर ट्रान्जीट भिषा नलिईकन हंगकंग बाट जान आउन पाउने व्यवस्था मिलाउन पहल गर्नु पर्यो।
(२) मकाउ बासीले नेपाल सरकारसंग सम्बन्धित कागज पत्र( राहदानी, नाता प्रमाणित, जस्ता अति महत्वपूर्ण सरकारी कागजात, बनाउनको लागि कन्सुलेट अफिस हंगकंग जादा कसरी हुन्छ कन्सुलेट सेवाको लागि तुरन्त भिषा उपलब्ध गराई दिने व्यवस्था मिलाउनु पर्यो।
(३) सरकारी कागजातमा प्रयोग भएका छाप वा अन्य केहि नयाँ अप्डेट,समाचार,सुचना, भए तुरन्त मकाउ अध्यागमन बिभागमा जानकारी गराउनु पर्यो। (सरकारको लोगो, नोटरी स्ट्याम्प, परराष्ट्रको छाप, नोटरी पब्लिकेशनको अधिकार, कर्तव्य,)
(४) नेपालीहरूका साझा समस्यालाई सुल्झाउन वा सरकारी सेवा प्रदान गर्न कन्सुलेट अफिसको व्यवस्थाको कार्यकक्ष मकाउमा तोक्नु पर्यो। सुलभ तरीका द्वारा समस्याको समधान गर्ने व्यवस्था मिलाउने प्रयत्न गर्नु पर्यो ।
(५) नेपाल सरकारको तर्फबाट रेमिट्यान्सको भरपर्दो (बैंक वा IME) को ब्याबस्थापन गर्नु पर्यो र सरकारलाई कर उठने साथै जनताको श्रम ब्यबस्थित गर्ने आधार बनाउनु पर्यो।
(६) नेपाल सरकारको दूतावासले मकाउमा कार्यरत नेपालीहरूको अभिलेख राख्नु पर्यो र साह्रो गाह्रो परेको समयमा मकाउमा रोजगार गर्ने कम्पनीमा र सरकारको सम्बंधित निकाय र विभागमा छलफल गरी दिनु पर्यो।
(७) सम्भव भए सम्म नेपाल वायु सेवा निगमको बिमान महिनाको कम्तिमा २ पटक मकाउ ट्रान्जीट भएर नेपाल जाने व्यवस्था मिलाउनु पर्यो।
(८) मकाउ बासी नेपालीहरुले हंगकंग स्थित कन्सुलेट कार्यालयबाट मात्रै लिई रहेको सुबिधा Hongkong Visa को कारण ले पर्याप्त रुपमा लिन न सकेको हुँदा हाल China को Guangzhao City मा खोलिएको नेपाली कोन्सुलेट (Nepali Consulate) अफिसबाट पनि सेवा र सुबिधा लिन पाइयोस भन्ने कुराको ब्यबस्था मिलाउनु पर्यो।

(९) मकाउमा रोजगारीको प्रलोभन देखाई नेपालबाट मोटो रकम असुली (tourist Visa) मा ल्याई मकाउमा अलपत्र पार्नुका साथै आर्थिक ठगी बढेकोले यसको रोकथामका लागि सरकारले पहल गर्नु पर्यो।
यस्ता बिबिध समस्याहरूको समाधनका लागि नेपाल सरकारको तर्फबाट हंगकंग तथा मकाउमा रहेका नेपालीहरूको हितका लागि खटिएर आउनु भएका तपाई महाबाणिज्य दुत श्री कमल प्रसाद भट्टराई ज्यूबाट समस्याको समाधान खोजी सहयोग गर्नु हुने छ भन्ने आशा राखेका छौ।यसरी संयुक्त रूपमा ज्ञापन पत्र बुझाउने मकाउका नेपाली संघ संस्था र तीनका प्रतिनिधिहरूको नाम यस प्रकार छन्:-
१.गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल २.नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तमाङ ३.प्रवासी नेपाली मंच मकाउका अध्यक्ष हर्क बहादुर कुवर ४.नेपाली जनसम्पर्क समिति मकाउका कोषाध्यक्ष अर्जुन अधिकारी ५.तमु समाज मकाउका अध्यक्ष रामेन्द्र गुरूङ ६.किराँत राई यायोख्या मकाउका अध्यक्ष भीम कुमार राई ७.किराँत चुम्लुङ याक्थुमका अध्यक्ष अमारीका लिम्वु ८.तामाङ घेदुङका महासचिव जय तामाङ् ९.नेपाल मैत्री पूर्ण संघ मकाउका अध्यक्ष हर्क बहादुर कुवरले संयुक्त रूपमा हस्ताक्षर गरी महाबाणिज्य दुत श्री कमल प्रसाद भट्टराई ज्यूलाई हस्तान्तरण गर्नु भएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )