घरको छानाबाट गुहार माग्दै बाँकेका बाढी पीडित, उद्धारका लागि हेलिकप्टर पठाउने तयारी


ठाकुरसिंह थारु, बाँके
एक सय सर्वसाधारण अझै बाढीकाे बीच फसेका छन्
उद्धारका लागि हेलीकप्टर पठाउने तयारी
प्रहरी कार्यालय छतमा सरे
राप्ती नदीमा आएको भिषण बाढीमा अझै पनि होलिया–२ चौफेरीका करिव ५० बढी सर्वसाधारणहरु फसेका छन् । भारतीय सीमासँग जोडिएको उक्त गाउँका स्थानीयहरु घरको छानामा बसेर गुहार मागिरहेको अवस्थामा देखिएको बाँकेका प्रहरी उपरीक्षक एसपी टेकप्रसाद राईले बताए । उनीहरुको उद्दार प्रयास भइरहेको उनले बताए । बाढीमा फसेकाहरुको अवस्था जानकारी लिन जाने प्रयास गरिरहेका स्थानीय रामकुमार बाहुनका अनुसार भारतले निर्माण गरेको तटबन्धबाट हेर्दा ५० बढी स्थानीय बाढीमा फसेको देखिएको बताए । उनले त्यहाँका स्थानीयहरुसँग मोबाईल सम्पर्क गर्ने प्रयास भइरहेको बताए । ‘चारैतिर बाढी छ । त्यहाँ पुग्ने अवस्था छैन,’ उनले भने ।
डुंगाबाट उद्दार गर्न सम्भव नदेखिएपछि सेनाको हेलीकप्टर पठाउने तयारी भइरहेको एसपी राईले बताए । त्यस्तै, बाढीमा फसेका थप ४० सर्वसाधारणको आज बुधबार बिहान उद्दार गरिएको छ ।
होलिया–१ चौफेरीका उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले डुंगाबाट उद्दार गरेको हो । उनीहरुलाई सुरक्षित स्थानमा ल्याइएको छ । बाढीबाट विस्थापित फत्तेपुर, गंगापुर, मटेहीया, होलियाका पीडितहरुलाई सामुदायिक वन र विद्यालयमा राखिएको छ । बाढीबाट एक हजार बढी प्रभावित भएका छन् ।
त्यस्तै, बाढीकै कारण ईलाका प्रहरी कार्यालय, भगवानपुर, गंगापुर र फत्तेपुर प्रहरी चौकी छतमा सरेका छन् । राप्ती नदीको बढी ८ दशम्बल १५ मिटर पुगिसकेको तर, हाल घट्ने क्रममा छ ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )