गैर आबासीय नेपाली संघ मकाउले आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न। ।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13664642_1082776695136632_428994757_n“नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली” भन्ने माहान बाणीलाई आत्मसात गर्दै अगाडी बढेको संस्था गैर आबासीय नेपाली संघ मकाउले आयोजना गरेको कार्यक्रममा”नेपालीका लागि आएका बिभिन्न समस्याहरूको” बुदागत रूपमा पहिचान गरी त्यसको समाधान गर्ने प्रयास सहित हंगकंग तथा मकाउ महाबाणिज्य दुताबासका महाबाणिज्य दुत श्री कमल प्रसाद भट्टराई ज्यूसंग गरेको बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रम बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू र मकाउमा कार्यरत रहनु भएका नेपालीहरूको उपस्थितिमा सम्पन्न भएको छ।

13672459_1082776638469971_426704005_nकार्यक्रममा प्रमुख अतिथि हंगकंग तथा मकाउका लागि हंगकंग माहाबाणिज्य दुताबासका माहाबाणिज्य दुत श्री कमल प्रसाद भट्टराई ज्यू हुनु हुन्थ्यो भने बिशेष अतिथिहरू गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सल्लाहकार श्री याम कुमार गुरूङ(त्रिलोक),गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एशिया प्यासेफिकका सह संयोजक श्री कृष्ण पाण्डे, नेपाल एअर लाईन्स हंगकंगका कन्ट्री म्यानेजर सुश्री सुप्रिया मान्नधर, ASF PRESIDENT DOMINIC CHOI.,ASF VICE PRESIDENT GONGALO MENEZES,PROFESSOR MONICA R. MELO,मकाउ सिभिल सर्भेन्ट एशोशियसनका प्रेसिडेन्ट अफ द बोर्ड डाईरेक्टर जोसे परेरा,रीटा सान्तोष प्रेसिडेन्ट अफ जनरल एसेम्बली,गोर्खा ग्रुप कम्पनीका जनरल म्यानेजर एन्जल लुई,अतिथिहरूमा नेपाल एअर लाइन्स हंगकंगका स्टेसन एअरपोर्ट म्यानेजर प्रविन राज भण्डारी,नेपाल एअर लाईन्स हंगकंगका फाईनान्स म्यानेजर धन बहादुर महत,नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङ,नेपाली प्रवासी मंच मकाउका अध्यक्ष हर्क बहादुर कुवर,नेपाली जनसम्पर्क समिति मकाउका प्रतिनिधि सह कोषाध्यक्षय अर्जुन अधिकारी,तामाङ घेदुङका प्रतिनिधि महासचिव जय तामाङ,किराँत राई यायोख्या मकाउका अध्यक्ष भीम कुमार राई,तमु(गुरूङ) समाज मकाउका अध्यक्ष रामेन्द्र गुरूङ,किराँत चुम्लुङ्ग याक्थुम मकाउका अध्यक्ष अमारीका लिम्वु हुनु हुन्थ्यो।
13867062_1082776795136622_1157424927_nकार्यक्रम मकाउमा नै एतिहासिक रूपमा सम्पन्न भएको थियो किनकी गैर आवासीय नेपाली संघ मकाउको नेतृत्वमा मकाउमा रहेका ९ वटा राजनितिक,सामाजिक,जातीय साथै ब्यबसायीक संघ संस्थाहरूको संयुक्त हस्ताक्षर सहितको ९ बुदे ज्ञापन पत्र माहाबाणिज्य दुतलाई बुझाईएको थियो।कार्यक्रममा सम्पूर्ण संघ संस्थाका अध्यक्षहरू र गैर आवासीय नेपाली संघ मकाउका उपाध्यक्ष राजेश प्रसाईले मकाउमा नेपालीहरूले भोग्दै आएका समस्याका ’boutमा चर्चा परिचर्चा गर्नु भएको थियो भने बिशेष अतिथि एन आर एन आई सी सी एशिया प्यासेफिकका सह संयोजक कृष्ण पाण्डे र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सल्लाहकार याम कुमार गुरूङ(त्रिलोक)ले गैर आवासीय नेपाली संघका ’boutमा चर्चा गर्नुका साथै मकाउको समस्याका ’boutमा पनि जानकारी लिनु भएको थियो।नेपाल एअर लाइन्स हंगकंग कार्यालयका कन्ट्री म्यानेजर सुप्रियाले पनि नेपाल एअर लाइन्सले दिने सुविधाहरू साथै मकाउमा रहेका नेपालीहरूलाई आउदा जाँदा समस्या परेमा सहयोग गर्ने प्रति बद्धता गर्दै मन्तव्य राख्नु भएको थियो।मन्तव्यका क्रममा प्रमुख अतिथि बाणिज्य दुत कमल प्रसाद भट्टराई ज्यूले मकाउमा रहेका नेपालीहरूको हरेक समस्यालाई प्रकृया गत रूपमा नेपाल सरकारसंग समन्वय गरेर समाधानको उपाए खोजिने भन्दै मन्तव्य राख्नु भएको थियो।

13672637_1082776941803274_1203629849_nकार्यक्रममा गैर आवासीय नेपाली संघका कार्य समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र बितरण गर्नुका साथै गैर आवासीय नेपाली संघ मकाउमा कार्य समितिमा रहेर उत्कृष्ठ कार्य गर्नु भएका पूर्व उपाध्यक्ष शम्शेर थापा,पूर्व महासचिव कृष्ण बहादुर अधिकारी र बर्तमान उपाध्यक्ष राजेश प्रसाईलाई सम्मान पत्र बितरण गरीएको थियो।कार्यक्रमको अन्त्यमा उपस्थित रहेका नेपालीहरूले आआफ्ना जिज्ञासाहरू बाणिज्य दुत कमल प्रसाद भट्टराई र नेपाल एअर लाइन्स हंगकंग कार्यालयका कन्ट्री म्यानेजर सुश्री सुप्रिया मानन्धरसंग राख्नु भएको थियो।कार्यक्रमको सभापतित्व गैर आवासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवालले गर्नु भएको थियो।बरूवालले मन्तव्यका क्रममा मकाउमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरूसंग समन्वय गरी अगाडी बढ्ने र मकाउमा नेपालीका समस्याका समाधानका लागि बाणिज्य दुतलाई ध्यानाकर्षण गराउनु भएको थियो भने कार्यक्रम संचालन गैर आवासीय नेपाली संघ मकाउका सचिव कर्ण बहादुर अधिकारीले गर्नु भएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )