Daily Archives: 27/07/2016

गैर आबासीय नेपाली संघ मकाउले आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न। ।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13664642_1082776695136632_428994757_n“नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली” भन्ने माहान बाणीलाई आत्मसात गर्दै अगाडी बढेको संस्था गैर आबासीय नेपाली संघ मकाउले आयोजना गरेको कार्यक्रममा”नेपालीका लागि आएका बिभिन्न समस्याहरूको” बुदागत रूपमा पहिचान गरी त्यसको समाधान गर्ने प्रयास सहित हंगकंग तथा मकाउ महाबाणिज्य दुताबासका महाबाणिज्य दुत श्री कमल प्रसाद भट्टराई ज्यूसंग गरेको बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रम बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू र मकाउमा कार्यरत रहनु भएका नेपालीहरूको उपस्थितिमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

देशभर बाढीपहिरो: ३७ को मृत्यु, २८ बेपत्ता


57980cd4ce3737.76024508काठमाडौं: लगातारको वर्षापछि बाढीपहिरोका कारण देशभर ३७ जनाको ज्यान गएको छ भने थुप्रै बेपत्ता भएका छन् । बेपत्ताको संख्या यकिन हुन सकेको छैन । बाढीपहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएका छन् भने दर्जनौं बस्ती पहिरोको जोखिममा छन् । निरन्तर वर्षाका कारण खोलानाला बढेकाले तराई जलमग्न भएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

एमालेसँग सरकारमा होइन, राजनीतिक मुद्दामा सहमतिः कांग्रेस


Nepali-congress-Flag१२ साउन, काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग सरकारमा नभई राष्ट्रिय राजनीतिक मुद्दामा सहमति खोजिने बताएको छ ।सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले संसदमा रहेका दलहरुलाई सात दिनको समय दिएकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

घरको छानाबाट गुहार माग्दै बाँकेका बाढी पीडित, उद्धारका लागि हेलिकप्टर पठाउने तयारी


ठाकुरसिंह थारु, बाँके
एक सय सर्वसाधारण अझै बाढीकाे बीच फसेका छन्
उद्धारका लागि हेलीकप्टर पठाउने तयारी
प्रहरी कार्यालय छतमा सरे
राप्ती नदीमा आएको भिषण बाढीमा अझै पनि होलिया–२ चौफेरीका करिव ५० बढी सर्वसाधारणहरु फसेका छन् । भारतीय सीमासँग जोडिएको उक्त गाउँका स्थानीयहरु घरको छानामा बसेर गुहार मागिरहेको अवस्थामा देखिएको बाँकेका प्रहरी उपरीक्षक एसपी टेकप्रसाद राईले बताए । उनीहरुको उद्दार प्रयास भइरहेको उनले बताए । बाढीमा फसेकाहरुको अवस्था जानकारी लिन जाने प्रयास गरिरहेका स्थानीय रामकुमार बाहुनका अनुसार भारतले निर्माण गरेको तटबन्धबाट हेर्दा ५० बढी स्थानीय बाढीमा फसेको देखिएको बताए । उनले त्यहाँका स्थानीयहरुसँग मोबाईल सम्पर्क गर्ने प्रयास भइरहेको बताए । ‘चारैतिर बाढी छ । त्यहाँ पुग्ने अवस्था छैन,’ उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्