संसदीय समितिमा आएनन् लोकमान, चिठी पठाएर भने–बिरामी छु


आयुक्तहरु पनि आएनन्
कृष्ण ज्ञवाली, काठमाडौं
26072016094553Karki-1000x0श्रावण ११, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसहित सबै पदाधिकारीलाई संसदको सुशासन समितिले छलफलका लागि बोलाए पनि आज कोही उपस्थित भएनन् । अख्तियारको तर्फबाट सुशासन समितिको अहिले जारी बैठकमा सचिव शान्तराज सुवेदी उपस्थित छन् । सचिव सुवेदीमार्फत चिठ्ठी पठाएर अख्तियार प्रमुख लोकमानसिंह कार्कीले उपस्थित हुन नसक्ने जनाएका छन् । चिठ्ठीमा कार्कीले आफ्नो घाँटीमा संक्रमण भएको भन्दै चिकित्सकले एक साता नबोल भनेर सुझाव दिएको बताएका छन् ।
अख्तियारले काठमाडौं विश्वविद्यालयको मेडिकल प्रवेश परीक्षामा हस्तक्षेप गरेको बिषयमा छलफलका लागि सुशासन समितिले अघिल्लो बैठकमा अख्तियार प्रमुख कार्कीसहित सबै पदाधिकारीलाई उपस्थित हुन निर्देशन दिएको थियो ।
अहिले सुशासन समितिको बैठक जारी छ । बैठकमा बोल्दै सांसद सुशीला नेपालीले उजूरी परेको भन्दैमा अख्तियारले कार्यक्षेत्र बाहिर गएर हस्तक्षेप गर्न नमिल्ने धारणा राखिन् ।
डा. गोविन्द केसीले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग राखेको बिषयमा बोल्दै उनले यो बिषयमा छलफल हुनुपर्ने बताइन् । अर्का सांसद अमनलाल मोदीले लोकमानलाई चाँडै जनप्रतिनिमाझ आउन भन्दै अख्तियारको भूमिका’bout जनता सडकमा निस्किन थालेकाले संसदले यसको सम्बोधन गर्नुपर्ने धारणा राखे ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )