ट्याक्सी आगजनी गरेको आरोपमा मजदुर नेता योगेन्द्र कुमाल पक्राउ


३ ट्याक्सीमा आगजनी र तोडफोड, उपत्यकाबाट ७३ बन्दकर्ता पक्राउ
कुमाल यसअघि पनि तीनकुनेमा यात्रु बनेर ट्याक्सी चलाएको आरोपमा पक्राउ परेका थिए ।
श्रावण १०, २०७३- बन्दको अवज्ञा गरेको भन्दै विप्लव समर्थिन माओवादी कार्यकर्ताहरुले काठमाडौंका २ वटा ट्याक्सीमा आगजनी गरेका छन् भने ललितपुरको मंगल बजारमा १ ट्याक्सी तोडफोड गरेका छन् । काठमाडौंको मीनभवन र गोंगबुमा आज बिहानै ट्याक्सीमा आगजनी गरिएको हो । बन्दकर्ताहरुले यात्रुको रुपमा चढेर पेट्रोल छर्किएर आगजनी गरेका हुन् । मीनभवनमा ट्याक्सी जलाउने काममा संलग्न भएको आरोपमा प्रहरीले विप्लव माओवादी निकट मजदुर संगठनका अध्यक्ष योगेन्द्र कुमाल पक्राउ परेको काठमाडौं प्रहरी परिसर प्रमुख विक्रमसिंह थापाले जानकारी दिए ।
यसअघिको बन्दमा पनि ट्याक्सी आगजनी गरेको आरोपमा पक्राउ परेका कुमाल केही दिनमै रिहा भएका थिए । ‘उनी दोस्रो पटक पनि उस्तै घटनामा पक्राउ परेकाले कारबाही गर्छु’, परिसर प्रमुख थापाले भने ।प्रहरीले काठमाडौंबाट बन्द गराउंदै हिड्ने ७० जनालाई पक्राउ गरेको छ ।ललितपुरका प्रहरी प्रमुख पिताम्बर अधिकारीका अनुसार ललितपुरमा बन्द गराउंदै हिंड्ने ३ जना पक्राउ परेका छन् ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )